सबै शक्ति उद्धारमा लगाउन प्रधानमन्त्रीको निर्देशन : दैवीप्रकोप उद्धार समितिको बैठक बस्दै




काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी ३० जनाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर सम्पूर्ण शक्ति उद्धार र राहतमा लगाउन निर्देशन दिएका छन्।
 

सरकारी निवास बालुवाटारमा डाकेर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्।देउवाले राहत र उद्धारका लागि आवश्यक स्रोतसाधन र निर्णयका लागि आफू तयार रहेको भन्दै प्राथमिकतामा उद्धारलाई राखेर राहत तथा पुनःस्थापनामा लाग्न निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिए। 
 
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीसँगै गृहसचिव, गृहमन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुख तथा विपतव्यवस्थापन महाशाखाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई राखेर निर्देशन दिएका हुन्।
 
प्रधानमन्त्रीको निर्देशनलगत्तै गृहमन्त्रीको नेतृत्वको दैवीप्रकोप उद्धार समितिको आकस्मिक बैठक बस्न लागेको छ।दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले निर्णय गरेपछि उद्धारका लागि सम्पूर्ण क्षेत्रमा टोलीहरु परिचालिन हुने प्रवक्ता काफ्लेले बताए। 


Share this Story

   

सबै शक्ति उद्धारमा लगाउन प्रधानमन्त्रीको निर्देशन : दैवीप्रकोप उद्धार समितिको बैठक बस्दै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.