sagoon advert

पोखरामा सुरु भयो स्पर्श लघुवित्तको कारोबार, बैंकिङ पहुँच नपुगेका ठाँउमा समावेशी लघुवित्त संचा




काठमाडौं। आज पोखरामा गभर्नर चिरन्जीवी नेपालले स्पर्श लघुवित्त वित्तीय संस्थाको उद्घाटन गरेका छन्। नेपाल राष्ट्र बैंकबाट गत असार २७ गते कारोवार गर्ने इजाजतपत्र पाएसँगै स्पर्श लघुवित्त ५२ औं लघुवित्त कारोवार गर्ने संस्था भएको छ।



उद्घाटनपछि गभर्नर खनालले हालको प्रादेशिक संरचना अनुसार सबै कमर्सियल बैंकलार्इ आफ्नो सेवा विस्तार गर्न निर्देशन गरिको हुँदा लघुवित्त संस्थालार्इ ती बैंकसँग मिलेर काम गर्न आग्रह गरे। उनले कार्यक्रममा 'क' 'ख'  र 'ग' बर्गमा वित्तीय संस्था खोल्न एक दशक देखि रोक लगाइको भएतापनि 'घ' बर्ग बित्तीय संस्थामा रोक नलगाइएको तर  लघुवित्त संस्थाको मर्म विपतरित कार्य हुन थालेसँगै लघुवित्तमा पनि रोक लगाउनुपर्ने अवस्था आएको  बताए।

पोखरा लेखनाथ महानगरपालिकाको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्तले चालु आर्थिक बर्षमा १५ वटा शाखा कार्यालय मार्फत १२ हजार विपन्न बर्गलार्इ सेवा दिने जनाएको छ।

संस्थाको हालको चुक्ता पूँजी ५ करोड ६० लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले जानकारी दिए। साथै संस्थाले १० जिल्लाका बैंकिङ पहुँच नपुगेका गाउँपालिकाहरुमा समावेशी लघुवित्त संचालन ल्याउने भएको छ। संस्थाले कास्की, बाग्लुङ, लमजुङ, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखामा सेवा दिने भएको जनाएको छ।

संस्थाले प्रेस बिज्ञप्तीमार्फत आगामी ५ बर्षभित्र ७० वटा शाखा कार्यालय स्थापना गरि १४० महिला तथा युवालार्इ सहजकर्ताको रुपमा स्वरोजगार बनाउने लक्ष्य लिएको छ।

Share this Story

   

पोखरामा सुरु भयो स्पर्श लघुवित्तको कारोबार, बैंकिङ पहुँच नपुगेका ठाँउमा समावेशी लघुवित्त संचा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.