चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश, बिशेषको मुद्दा भने अघि बढ्ने






काठमाडौँ। आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले आज साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। उनलाई गैरकानुनी थुनामा राखेको भन्दै परेको  बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले आज निर्णय सुनाएको हो।
 
न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे,  सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले यस्तो आदेश दिएको हो। 

बृहत पूर्ण इजलासले अख्तियारले कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा दर्ता गरेको मुद्दा भने अघि बढ्ने ठहर गरेको छ।

मुद्दामा आयोगका पदाधिकारीविरुद्ध १० अर्व दुई करोड बिगो दाबी गर्नु संवैधानिक व्यवस्था विपरीत भएको सर्वोच्चको ठहर  छ।
 
जेठ १९ मा पक्राउ
कर निर्धारणमा अनियमितता गरेको भन्दै शर्मालाई जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो। अख्तियार डेढ महिना लामो अनुसन्धानपछि साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा आयोगका पदाधिकारीविरुद्ध १० अर्व दुई करोड बिगो दाबी गरिएको छ।
 
उक्त मुद्दा यथास्थितिमा राख्न सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेश दिएको थियो। साउन १७ गते बृहत् पूर्ण इजलासले उनलाई अख्तियारको हिरासतबाट न्यायिक हिरासतमा पठाएको थियो।  
 
शर्मा पक्राउ परे पनि आयोग अध्यक्ष लुम्वध्वज महत र सदस्य उमेश ढकाल फरार छन्। महत र ढकाललाई उपस्थित हुन अख्तियारले सार्वजनिक सूचना जारी गरे पनि उपस्थित भएका छैनन्।

'कुनै पनि नागरिकको वैयक्तिक स्वतन्त्रता नेपालको संविधानको धारा १७ (१) ले सुनिश्चित गरेको परिप्रेक्ष्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १९ (४) को प्रयोग अत्यन्त जिम्मेवारीपूर्वक गर्नुपर्नेमा सो व्यवस्थाको मर्म र मनसायअनुरुप धरौटी माग गरिएको देखिन आएन', सर्वोच्चको फैसलामा उल्लेख छ।  
 

यस्तो छ संक्षिप्त आदेश
 



Share this Story

   

चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश, बिशेषको मुद्दा भने अघि बढ्ने को लागी १ प्रतिक्रिया(हरु)

पिडित[ Aug 11, 2017 - 11:21 pm ]
लुम्वध्वज महत र उमेश ढकालले अब लुकेर बस्नु पर्ने अवस्था रहेन | उहाहरू बिरुद्ध अख्तियारले सार्वजनिक गरेको सूचनाको के नै अर्थ छ अब ? जब भ्रष्टाचारनै संस्थागत भैसक्छ के आशा रहन्छ आम नागरिकलाई कार्यपालिका अनि न्यायपालिकाबाट ? हेरौ अब कति वर्ष लाग्छ यो मुद्दाको फैसला हुन अनि के निर्णय गर्नुहुन्छ हाम्रा न्यायमूर्तिहरुले | हाम्रा सन्तानहरुले कालो ईतिहस पढने भए, दुखि छु |

   हालसम्म ८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.