sagoon advert

बिक्रीको चाप बढेपछि यो साता घट्यो शेयरबजार, नयाँ लगानीकर्ता र पूँजी भित्रिदाँ सुधारको संकेत




काठमाडौँ। यस साता शेयर बजारमा सूचक र कारोबार रकम दुवै घटेको छ । कारोबारमा आएका अधिकाशं उपसूचकमा गिरावट आउँदा नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक घटेको हो ।
यस साता सूचक पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर १६५३.५३ अंकमा ओर्लिएको छ। यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०८ अंकले घटेर ३४७.०३ अंकमा ओर्लिएको छ।

यस साता नौ समूहको कारोबार भएको थियो। कारोबारमा आएका बित्त, होटल र अन्य बढेका छन् भने ब्यापार समूहमा कुनै फेरबदल भएन । बाँकी सबै उपसूचक घटेको छ।

बाणिज्य बैंक १६.९१, विकास बैंक २०.७९, जलबिद्युत २५.६५, बीमा ४.४६ र उत्पादनमुलक १६.२४ अंकले घटेको छ. बित्त ११.३१, होटल १६.५४ अंकले बढेको छ। यस साता शेयर बजारमा १६८ कम्पनीका शेयरहरु खरिद बिक्री भए । ३४ हजार सात सय ७३ कारोबारमा तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका २१ लाख तीन हजार पाँच सय ८० कित्ता शेयर खरिद बिक्री भएका हुन्।

कारोबार रकम गत साताको भन्दा २७.३० प्रतिशत कम हो। साताभर बजार घटेको भएपनि गएको एक महिनामा बजार ६५.९६ अंकले बढेको थियो । गएको महिना छोटो समयकालागि नाफा गर्ने उदेश्य राखेर शेयर खरिद गरेका लगानीकर्ताले नाफा बुक गर्न बिक्री चाप बढाउँदा बजार घटेको सिदार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब कुमार तिमल्सेनाले बिजमाण्डूलार्इ जानकारी दिए।

बजारमा तरलता समस्या केही हदसम्म लचक भएकोले आगामी दिनमा बजारमा सुधार हुने संभावना रहेको तिमल्सेनाको भनाई छ।  बजारमा आठ अर्बको पूँजी वृद्धि हुँदा थपिएको शेयरलाई बजारले स्वीकार गर्नुले पनि बजारमा यो स्थिती देखिएको तिमल्सेनाले बताए। ‘बैंक, बीमा, जलबिद्युतका शेयर नेप्सेमा लगातार थपिएका छन्, यो अनुपातलाई हेर्ने हो भने बजार निक्कै घट्नु पर्थ्यो तर बजारमा थपिएका नयाँ लगानीकर्ता र रकमले बजारलाई स्टेबल बनाउन सहयोग गरेको छ’- तिम्सिनाले भने ।
 
यस साता कारोबार रकमको आधारमा नागरिक लगानी कोषको सबैभन्दा बढी शेयर कारोबार भयो। कारोबार रकमको आधारमा नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार भएको छ। यस साता नेप्सेको कारोबर कक्ष नियमित कारोबारकालागि चार दिन खुला भयो।
यस साता सूचीकरणतर्फ जनउत्थान सामुदायिक लघुबित्त बिकास बैंकको बोनस शेयर र हिमालयन पावर पार्टनरको साधारण शेयर नेप्सेको कारोबार कक्षमा सुचिकृत भएका छन्।
 
  
               
 
 

Share this Story

   

बिक्रीको चाप बढेपछि यो साता घट्यो शेयरबजार, नयाँ लगानीकर्ता र पूँजी भित्रिदाँ सुधारको संकेत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.