आयल निगमले पूरा गर्यो पेट्रोलियम व्यवसायीको माग, व्यवसायीले हड्तालको कार्यक्रम फिर्ता

बिजमाण्डू
२०७४ साउन २७ गते १५:०६ | Aug 11, 2017
आयल निगमले पूरा गर्यो पेट्रोलियम व्यवसायीको माग, व्यवसायीले हड्तालको कार्यक्रम फिर्ता
काठमाडौं।नोक्सानी बढाउन माग गर्दै हड्तालमा उत्रिएका पेट्रोलियम व्यवसायीको माग आयल निगमले पूरा गरिदिएको छ।

Tata
GBIME
Nepal Life


निगमले चार हजार लिटर पेट्रोलमा ४५ लिटर नोक्सानीवापत(सिंक्रेज लस) क्षतिपूर्ति पाउने भएका छन्।यसअघि व्यवसायीले चार हजार लिटर पेट्रोलमा ३५ लिटर मात्रै क्षतिपूर्ति पाउँथे।निगमले डिजेलमा चार हजार लिटरमा २७ लिटर नोक्सानीवापतको क्षतिपूर्ति पाउने भएका छन्।यसअघि चार हजार लिटरमा २५ लिटर मात्रै क्षतिपूर्ति पाउँथे।

निगमले माग पूरा गरेपछि एशोसिएसनको आकस्मिक बैठक अहिले बसिरहेको छ।यो बैठकले हड्तालको कार्यक्रम फिर्ता गर्ने एशोसिएसनका एक पदाधिकारीले बताए।नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनको अगुवार्इमा निगमले कम तेल दिएको भन्दै क्षतिपूर्ति बढाउन हड्तालमा उत्रिएका थिए।एशोसिएसनकै अगुवार्इमा विहिबार व्यवसायीले थानकोट डिपोबाट पेट्रोल उठाएनन्।