सानिमा मार्इ हाइड्रोपावरको हकप्रद आजदेखि खुल्यो, १:१ अनुपातमा पाइने हकप्रदको म्याद भदौ २९ सम्म




काठमाडौं। सानिमा मार्इ हाइड्रोपावरले निष्कासन गरेको हकप्रद शेयर आजबाट बिक्री खुल्ला गरेको छ। सानिमा मार्इले साउन ९ गतेसम्म कायम भएका शेयरधनीहरुकालागि एक शेयर बराबर एकको अनुपातमा बिक्री खुल्ला गरेको हो।

कम्पनीले आजदेखि भदौ २९ गतेसम्म हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।

कम्पनीको हकप्रद आवेदनकालागि सनराइज क्यापिटल कमलपोखरी, सानिमा बैंकका शाखा कार्यालयहरु उपत्यकाभित्र चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड, सूर्यविनायक तथा उपत्यका बाहिर विराटनगर, विरगंज, विर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायणगढ, नेपालगंज र पोखराबाट पाइने सनराइज क्यापिटलले जनाएको छ।

कम्पनीले हकप्रद निष्कासन गरेसँगै चुक्ता पूँजी दुर्इ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ।
 

Share this Story

   

सानिमा मार्इ हाइड्रोपावरको हकप्रद आजदेखि खुल्यो, १:१ अनुपातमा पाइने हकप्रदको म्याद भदौ २९ सम्म को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.