सिप्रदीको नयाँ सोरुम थापाथलीमा, ४००० वर्ग फिटको स्पेस, जेष्टदेखि टिगोरसम्मका गाडी पाइने

बिजमाण्डू
२०७४ साउन २६ गते १६:२२ | Aug 10, 2017
सिप्रदीको नयाँ सोरुम थापाथलीमा, ४००० वर्ग फिटको स्पेस, जेष्टदेखि टिगोरसम्मका गाडी पाइने
काठमाडौं। टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले थापाथलीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। चार हजार वर्ग फिट क्षेत्रमा फैलिएको शोरुम नेपालकै सबैभन्दा ठूलो भएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।


 
शोरुम उद्घाटन टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले गरे। 'देशभर फैलिएका ग्राहकसम्म पुग्ने निरन्तर प्रयासको परिणाम स्वरुप शोरुम निर्माण गरिएको हो,' उनले भने। 
 
शोरुममा जेष्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोर जस्ता विभिन्न रेञ्जका गाडीहरु राखिएका छन्। शोरुमको उद्घाटन गर्दै सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नयाँ शोरुममार्फत ग्राहक माझ पुग्ने प्रयास गरिएको बताए। 
 
नयाँ शोरुम हप्ताको ७ दिन, बिहान ९ बजेदेखि रातीको ९ बजेसम्म खुल्ला रहेने विज्ञप्तिमा उल्लेख छ। कम्पनीको थप नयाँ शोरुम खोल्ने जनाएको छ। टाटा मोटर्सको २० प्यासेन्जर गाडीका शोरुम र २४ सर्भिस केन्द्रहरु रहेका छन्।

Tata
GBIME
Nepal Life