सिद्धार्थ बैंकको सिइओमा शम्भुनाथ गौतम नियुक्त, ३० बर्षे बैंकिङ करियर, ऋण लगानीमा पायोनियर

बिजमाण्डू
२०७४ साउन २६ गते १४:०५ | Aug 10, 2017
सिद्धार्थ बैंकको सिइओमा शम्भुनाथ गौतम नियुक्त, ३० बर्षे बैंकिङ करियर, ऋण लगानीमा पायोनियर
काठमाडौं। सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ। गौतम डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए।
 
बैंकको बुधबार बसेको सञ्चालक समितिले उनलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। गौतमले बिहीबारबाट औपचारिक रुपमा कार्यभार सम्हालेका छन्। 

Tata
GBIME
Nepal Life

दुई महिनाअघि सुरेन्द्र भण्डारीले सिद्धार्थ बैंक छाडेर कुमारी बैंक गएपछि गौतम कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए। बुधबार सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारीमा 'कन्फर्म' गरेको हो।

 
बैंकिङ क्षेत्रमा ३० बर्ष बिताएका गौतमले करियरको सुरुवात कृषि विकास बैंकबाट गरेका थिए। ऋण अधिकृतका रुपमा काम सुरु गरेका उनी यो क्षेत्रको बिज्ञ मानिन्छन्। उनले आजसम्म पनि ऋण लगानीको क्षेत्रमै काम गरिरहेका छन्।
 
कृषि विकास बैंकमा काम गर्नुअघि उनी नेपाल सरकारको सेवामा समेत थिए। विज्ञान पृष्ठभूमिका गौतमले सिद्धार्थ बैंकमा आएपछि एमबिए गरेका हुन्।
 
कृषि विकास बैंकमा एक बर्ष काम गरेपछि उनी नबिल बैंकमा डेपुटी म्यानेजरका रुपमा छिरेका थिए। त्यहाँ १४ बर्ष बिताएपछि गौतम संस्थापक कर्मचारीका रुपमा सिद्धार्थ बैंक छिरेका हुन्। सिद्धार्थमा उनले १५ बर्ष बिताइसकेका छन्।