इन्जिनियरिङ ब्याकग्राउण्डका युवा जसले इन्टरप्रेनियसशिप म्यानेजमेन्ट पढेर सुरु गरे व्यवसाय

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ साउन २५ गते १८:४० | Aug 9, 2017
इन्जिनियरिङ ब्याकग्राउण्डका युवा जसले इन्टरप्रेनियसशिप म्यानेजमेन्ट पढेर सुरु गरे व्यवसाय
बिगत डेढ महिनादेखि संचालनमा आएको सजिलो मर्मत सेवाले घर तथा ब्यापारिक केन्द्रमा प्लम्बर तथा इलेक्ट्रिसियन पठाइ मर्मत सेवा दिँदै आएको छ। 

Tata
GBIME
Nepal Life


शहरको ब्यस्त जीवनशैली र कामकाजी मानिसको अपर्याप्त समयका कारण घरायसी समस्या समाधानका लागि आइपर्ने असहज अवस्थालार्इ सजिलो बनाउने उद्देश्यका साथ तीनजना इन्जिनियरहरु  पुकार आचार्य, सुजित रेग्मी र कविश श्रेष्ठले  सजिलो मर्मत सेवा सुरु गरेका हुन्। घर तथा कार्यालयहरुमा आइपर्ने जुनसुकै किसिमका विद्युत, ढल, सुचना प्रविधी, नेटवर्क र विद्युतीय उपकरणहरु बिग्रेमा मर्मत सुविधा दिने सजिलो मर्मत सेवाका निर्देशक पुकार आचार्यले बिजमाण्डूलार्इ बताए।

अहिले दैनिक आइपर्ने पाँच मुख्य समस्यामा केन्द्रित भएर सेवा थालेपनि बिस्तारै अन्य क्षेत्रमा पनि मर्मत तथा समस्या समाधान गर्ने अवधारणा अनुसार सजिलो मर्मत सेवाको थालनी गरेको बजार निर्देशक सुजित रेग्मीको भनाइ छ। विदेशमा प्रचलनमा आइसकेको यस्तो सेवालार्इ नेपालमा पनि स्तरीय रुपमा भित्र्याउनु आफूहरुको लक्ष्य भएको रेग्मीको भनाइ छ। एकातिर दैनिक आइपर्ने मर्मत सेवाको लागि उपभोक्ताहरुले भोग्नुपर्ने हैरानी अर्कोतिर दक्ष प्राविधिकहरुले पनि काम गर्ने बातावरण नपाउने समस्या। सजिलो डटकममार्फत दुबै पक्षलार्इ एकै ठाउँमा ल्याउने र अनुशासित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्ने आचार्य बताउँछन्।
 

इन्जिनियरिङ ब्याकग्राउण्डका भएपनि इन्टरप्रेनियसशिप म्यानेजमेन्ट पढेका तीन साझेदारले एक बर्षसम्मको  अध्ययन र बजार अनुसन्धानपछि काम सुरु गरेका हुन्।  अध्ययनका क्रममा राजधानीका ७५ प्रतिशत घरधनीहरुले मर्मतका लागि दक्षजनशक्तिको अभाव भएको, आफूहरुसंग समयको अभाव भएको र मर्मतका क्रममा कामदारको लापरवाहीले पीडित हुनुपरेको गुनासो गरेको बजार निर्देशक रेग्मीले बताए। 
 
प्राविधिकहरुलार्इ प्रोफेसनल कल्चर दिएर काममा पठाउने र उपभोक्तालार्इ सुलभ ढंगले सेवा प्रवाह गर्ने नै आफूहरुको लक्ष्य भएको रेग्मी बताउँछन्। 
सजिलो मर्मत सेवाले हाल अन कल सर्भिस र  बार्षिक रुपमा मर्मत सम्झौता गरी दुर्इ किसिमका सेवा सुरु गरेको छ। कम्प्युटर टेलिभिजन फ्रिज वा कुनै पनि बिद्युतीय उपकरण बिग्रेमा फोन गरेपछि कम्पनीले सम्बन्धित प्राविधिकलार्इ उपभोक्तालार्इ पायक पर्ने समयमा उपलब्ध गराउने काम गर्छ। यसबाट उपभोक्ताले सही र सुलभ रुपमा सेवा पाउने र ठगिने संभावना पनि हुँदैन। आफूहरुले प्राविधिक र उपभोक्ताको समस्या सुल्झाउने एउटा माध्यमको भुमिका खेल्ने निर्देशक आचार्यको भनाइ छ।
 
हालसम्म  कम्पनीले राजधानीका बिभिन्न क्षेत्रमा १२ जना सुपरभाइजर खटाइएको छ र प्रत्येक सुपरभाइजरको नेतृत्वमा १२० जना प्लम्वर ९५ जना इलेक्ट्रिसियन र ६ जना कम्प्युटर मर्मत सम्बन्धी अनुभवी प्राविधिकहरुले सेवा दिने कम्पनीले जानकारी दिएको छ। कम्पनीसंग सम्बन्धित कामदारहरु अनुशासित र इमान्दार हुने भएकोले सेवा लिन सुरक्षित हुने बजार निर्देशक आचार्य बताउँछन्।
 
अहिले कम्पनीले काठमाडौंको ६ लाख घरहरुमा प्राविधिक सेवा दिन सक्ने क्षमता रहेको सजिलो मर्मत सेवाका बजार निर्देशक रेग्मीले जानकारी दिए। उनी भन्छन् 'अपरिहार्य र दैनिक समस्या समाधानको बिकल्प बन्नु नै कम्पनीको मुख्य उद्देश्य हो'। उपभोक्ताको मन जित्न सक्यो भने विश्वास पनि सजिलै जित्न सकिन्छ भन्ने सोच राखेर नै काम गरेको र केही हदसम्म सफल हुँदै गएको रेग्मी बताउँछन्। 
 
कम्पनीले कामदार चयनमा पनि निकै ध्यान दिने गरेको छ। अनुभवी तथा नम्र र शुशील स्वभावका कामदारहरुलार्इ चयन गर्नको लागि एक्सपर्टहरुको प्यानल राखेरै छनौट गरिने बजार निर्देशक आचार्यले जानकारी दिए।  कम्पनीले एसएमएस मार्फत पनि सेवा दिने  तयारी गरिरहेको जनाएको छ। यस्तै सजिलो मर्मत सेवाको मोबाइल एप बनाएर  सेवा दिने तयारी पनि कम्पनीले गरिरहेको छ।  वन स्टप मेन्टिनेन्स सोलुसनको पोर्टलबाट बिभिन्न घरायसी तथा ब्यावसायिक क्षेत्रमा सस्तो र सुलभ मर्मत सेवा दिने निर्देशक रेग्मीले बताए।