यामाहाको ‘स्ट्रिट फाइटर’ बाइक एफजी-२५ नेपाल आउँदै, शक्तिशाली बाइक युवापुस्ता लक्षित

बिजमाण्डू
२०७४ साउन २५ गते १८:२२ | Aug 9, 2017
यामाहाको ‘स्ट्रिट फाइटर’ बाइक एफजी-२५ नेपाल आउँदै, शक्तिशाली बाइक युवापुस्ता लक्षित


काठमाडौं। यामाहाको २५० सीसीको एफजी -२५ छिट्टै नेपालमा आउने भएको छ ।

Tata
GBIME
Nepal Life

गत जनवरीमा भारतमा सार्वजनिक भएको यो बाइक नाडा अटोशो अघि सार्वजनिक गरिने भएको छ। यो बाइकमा  एयर कुल्ड, एसओएचसी,दुर्इ भल्भ, सिंगल सिलिन्डर भएको शक्तिशाली इन्जिन छ । बाइकप्रेमीलाई ह्यान्डल गर्न सहज बनाउन यसको वजन १४८ केजी कम गरिएको कम्पनीले जनायो । यो बाइकलार्इ ‘एफजी वर्ल्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । 
 

कम्पनीका अनुसार  बाइकको डिजाइन शक्तिशाली मांशपेसी भएका खेलाडीको झैं ‘रोबस्ट’ बनाइएको छ । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने र वातावरणमैत्री पनि भएको नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका सहायक महाप्रबन्धक दिपक रौनियारले बताए । ‘हाम्रो नयाँ मोटरसाइकलको विशेषताहरुले २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने अपेक्षा हामीले गरेका छौं ।’ उनले ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा बाइक उपलब्ध हुने पनि जानकारी दिए । 
 
कम्पनीका अनुसार यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ जसले बाइकको पर्फमेन्सलाई बढाउने मात्र होइन इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको कम्पनीले जनायो।कम्पनीका अनुसार ८००० आरपीएममा २०.९ पीएस अधिकतम पावर र ६००० आरपीएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने बाइकमा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ।

‘यसमा आकर्षक एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, मडगाड र एमटी सिरिजका बाइकमा झैं स्पोक डिजाइन भएका ह्विल र रेसिङ स्टाइलको फुटप्याड छन् जसले यसलाई टप–एन्ड मोडेलको नयाँ दाबेदार बनाइदिएको छ । रेसिङ मात्र होइन दैनिक प्रयोजनलाई मिल्ने गरी डिजाइन गरिएका कारण यसलाई वास्तविक ‘स्ट्रिट फाइटर’ भन्न सकिन्छ,’ रौनियारले भने । यामाहाले सन् २००८ मा निकै रुचाइएको एफजी सिरिज बजारमा ल्याएको थियो । यो नेपालमा मात्र होइन पूरै दक्षिण एसियामा निकै चर्चित सिरिज हो जसका कारण यसलाई यामाहाले डिलक्स सेग्मेन्टबाट प्रिमियम सेग्मेन्टमा पनि एफजीलाई विस्तार गरेको हो ।