पल्सर डेयरभेन्चरको तेस्रो सिजनको घोषणा, पहिलो विजेताले १० लाखसहित पल्सर एनएस पाउने

बिजमाण्डू
२०७४ साउन २५ गते १७:४५ | Aug 9, 2017
पल्सर डेयरभेन्चरको तेस्रो सिजनको घोषणा, पहिलो विजेताले १० लाखसहित पल्सर एनएस पाउने
काठमाडौं।हंसराज हुलासचन्द बजाजले सामसङ्सँगको सहकार्यमा पल्सर डेयरभेन्चरको तेस्रो सिजनको घोषणा गरेको छ।यो कार्यक्रमको ट्यागलाइन‘‘न्यू रुट, न्यू थ्रिल्स अ कल फर फियरलेस राइडर्स’’ राखिएको छ ।

Tata
GBIME
Nepal Life


पल्सर डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटि शो हो ।  यो सिजनमा १० साहसी प्रतियोगीले नयाँ पल्सर बाइकमा “अन–अफ रोड” हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् । प्रतियोगितामा सामेल हुनका लागि प्रतियोगीले शुरुवातमा नै विभिन्न तालिमहरु लिनुपर्ने हुन्छ । पहिलो पुरस्कार विजेताले १० लाख र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले ५ लाख र पल्सर एनएस र तेस्रो पुरस्कार विजेताले पल्सर एनएस पाउन कम्पनीले जनायो।
 
कम्पनीका अनुसार यो वर्ष प्रतियोगीहरुको दर्ता निशुल्क गरिएको छ भने कुनैपनि ब्राण्डका बाईक भएका प्रतियोगीले सहभागी हुन पाउनेछन्।कम्पनीका अनुसार बजाजको शोरुममा गएर आधिकारिक सवारी चालक अनुमतिपत्र, नागरिकता, र दुई प्रति फोटोका साथमा दर्ता गर्न सक्नेछन् ।कम्पनीका  निर्देशक शेखर गोल्छाले भने, “पल्सर डेयरभेन्चर पहिलो र दोस्रो सिजनको सफल अनुभव हामीसँग रहेको छ । बाइक चालकहरुको लागि पहिलो सिजनमा अपर मुस्ताङ्ग र दोस्रो सिजनमा ताक्सिण्डो, सोलुखुम्बुसम्मको यात्रा निकै रोमान्चकपूर्ण रहेको थियो । हामीले विगतका अनुभवबाट धेरै कुराहरु सिकेर, नेपाली ग्राहकहरुका लागि पल्सर डेयरभेन्चर तेस्रो संस्करण प्रस्तुत गर्न सकेकोमा हामी निकै हर्षित छौँ ।