पेट्रोलियम व्यवसायी आन्दोलित, पश्चिमाञ्चल क्षेत्रमा विहिबारदेखि पेट्रोलियम पदार्थ नउठाउने

बिजमाण्डू
२०७४ साउन २५ गते ०६:४९ | Aug 9, 2017
पेट्रोलियम व्यवसायी आन्दोलित, पश्चिमाञ्चल क्षेत्रमा विहिबारदेखि पेट्रोलियम पदार्थ नउठाउने


रुपन्देही। पश्चिमाञ्चल पेट्रोलियम व्यावसायीले पेट्रोलियम पदार्थ खरीद नगर्ने घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

आयल निगमले तोकिएको परिमाणको तेल नदिएको भन्दै विहिबारदेखि पेट्रोलियम पदार्थ खरीद नगर्ने भएको हो।पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले आफ्नो माग पूरा गर्न अहिलेसम्म पनि आयल निगमले तदारुकता नदेखाएको बताउँदै भोलीदेखि पेट्रोलियम पदार्थ खरीद नगर्ने जानकारी दिए।

निगमले तोकिएको परिमाणको तेल नदिएको भन्दै हड्तालमा उत्रिएका हुन्।एशोसिएसनले काठमाडौंमा पनि एक दिन तेल बन्द गरेर हड्तालमा उत्रिएका थिए।निगमले दीपक बरालको संयोजकत्वमा उपभोक्तावादी संस्था,व्यवसायीसहितको अध्ययन टोली बनाएपछि हड्ताल स्थगित भएको थियो।
 

निगमले विक्रेतालाई उपलब्ध गराउने पेट्रोलियम पदार्थको परिणाम गुणस्तर तथा नापतौल कार्यालयले समेत प्रमाणित गर्नुपर्ने, पेट्रोलियम पदार्थ ढुवानी गर्ने निगमको करारमा रहेका टैंकिलरीहरुमा लकिङ सिस्टम जडान गर्नुपर्ने र जडान गरिएका लकिङ सिस्टमलाई अविलम्ब सञ्चालनमा ल्याउनु पर्ने उनीहरुको माग छ।
 
आधिकारिक निकायबाट हुने अनुगमनका क्रममा पम्पमा लगाईएको सील दुरुस्त हुँदा हुँदै प्राविधिक कारणले परिणाम घटबढ भएमा पम्पलाई कारवाही नगरी पुन क्यालिब्रेसन गर्नुपर्ने माग एशोसिएसनको छ।पेट्रोलियम पदार्थ तापक्रमका कारण घटबढ हुने भन्दै एशोसिएसनका अध्यक्ष न्यौपानेले चार हजार लिटर डिजल तथा पेट्रोलमा ६० देखि ८० लिटरसम्म कम हुने  वताए ।
 
निगमको हाता भित्र रहेका क्यालिब्रेशन टावरलाई चुस्त दुरुस्त राख्नुपर्ने, विक्रेताको माग अनुसार निगमका डिपोबाट लोड गरेर मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने, नेपाल आयल निगमले विक्रेताबाट लिएको धरौटी रकममा बाणिज्य बैंकको मुद्दती खातामा दिने सरहको व्याज उपलब्ध गराउनुपर्ने माग राखेका छन्।