अमेरिकी ब्राण्ड युएम बाइक भारतबाट पनि उत्पादन, आईएमईले ल्यायो रेनेगेड ३०० सिरिजमा दुई नयाँ मोडल

बिजमाण्डू
२०७४ साउन २२ गते २२:३३ | Aug 6, 2017
अमेरिकी ब्राण्ड युएम बाइक भारतबाट पनि उत्पादन, आईएमईले ल्यायो रेनेगेड ३०० सिरिजमा दुई नयाँ मोडल

काठमाडौं । आईएमई अटोमोटिभ्स्ले भारतमा निर्मित नयाँ रेनेगेड ३०० सिरिजका मोटरसाइकल विक्रि सुरु गरेको छ । आईएमई अटोमोटिभ्सले भारतको उत्तराखण्ड, काशीपुरस्थित युएमको फ्याक्ट्रीमा निर्मित नयाँ बाइकको बिक्री शुरु गरेको हो। 
 
गत वर्षबाट य’एम बाइक ३०० सिरिजअन्तर्गत रेनेगेड कमान्डो ३०० र रेनेगेड स्पोर्टस एस ३०० मोडलका बाइकको विक्रि स’रु गरेको कम्पनीले पहिलोपटक भारतमा निर्मित उत्पादन नेपाल ल्याएको हो। पूर्ण रुपमा डिजिटल मिटर जडान गरिएको यो बाइकले बढि माइलेज दिने दावी कम्पनीले गरेको छ । बाइक आकर्षक डिजाइनमा उपलब्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए। 

युएमका प्रमुख मोडेल रेनेगेड कमान्डो र रेनेगेड स्पोर्ट एस ३०० सिरिज सेग्मेंटका युएम बाइक चढ्नेलाई उत्साही बनाउनका साथै विश्वस्तरिय बाइकिङ्ग अनुभब दिने पनि उनले जानकारी दिए। उनले युएम बाईकको काठमाडौँ लगायत देशका अन्य ठाउँमा सेल्स, सर्विस र पार्ट्स सेवा उपलब्ध ह’ने जानकारी पनि दिए।
 
रेनेगेड कमाण्डो ३०० बाइकको मूल्य नेपालमा चार लाक ९२ हजार रुपैयाँ पर्छ भने रेनेगेड स्पोर्टस एस ३०० बाईकको मूल्य चार लाख ९९ हजार रुपैयाँ पर्छ। 
 
अमेरिकी क्पमनी य’एम ग्लोबल ब्राण्डका टू ह्वीलरको नेपालको लागि आधिकारिक वितरक आईएमई अटोमाटिभ्स हो। युएम  बाईकहरु हाल विश्वका ३० भन्दा बढि देश र १३ सयभन्दा बढि स्टोरबाट विक्री भैरहेको छ। उत्तराखण्डको काशीप’रस्थित य’एमको उद्योगबाट उत्पादन भएका बाईक नेपाल , भारत र अन्य दक्षिण पूर्वी एसियाली बजारमा विक्रि हुने छ ।

Tata
GBIME
Nepal Life