sagoon advert

कलङ्कीको जामले दिक्क हुनुहुन्छ? चार महिना मै अण्डरपास, चक्रपथ बिस्तारको काम ६०% सकियो






काठमाडौं। कलङ्कीमा घण्टौंसम्म जाममा पर्नु हिजोआज सामान्य दैनिकी हो। राजधानी छिर्ने मुख्य नाकामा अण्डरपास बनाउन थालेदेखि नैं लामो समय जाम, अस्तब्यस्त सडक र धुँवाधुलो राजधानीबासीलार्इ सामान्य भैसकेको छ। 
 
तर अब यो सबै झेल्ने अवधि सकिनै लागेको छ। अण्डरपास निर्माण अब चार महिनाभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको चक्रपथ सुधार आयोजनाका प्रमुख ज्ञानेन्द्र कुमार झाले बिजमाण्डूलार्इ बताए।  


 
अहिले चक्रपथ निर्माणका लागि चीनबाट ६० जना इन्जिनियर र कामदारहरु आएका छन्। जसमध्ये १५ जना मुख्य इन्जिनियरहरुलार्इ अण्डरपास निर्माण कार्यमा लगाइएको चक्रपथ सुधार आयोजनाले जनाएको छ। 
 
अहिले अण्डरपास निर्माणको कार्य दिन र रात गरि दुर्इ सिफ्टमा भैरहेको छ एक सिफ्टमा लगभग ३० जना छन्। जसमा २० जना नेपाली र १० जना चिनियाँहरुले काम गरिरहेको आयोजनाले जनाएको छ। 


 
जतिसक्दो छिटो काम सक्न रात र दिन दुबै समयमा काम गरिएको आयोजना प्रमुख झाले बताए। 
 
अण्डरपास निर्माणको काम चीनियाँ कम्पनी सांघाइ कन्ट्रक्सन ग्रुपले गरिरहेको छ।  कुल ८ सय मिटर लम्बाइ भएको अण्डरपासमध्ये अहिले सितापाइलातिरको काम भइरहेको छ। सोल्टीमोडबाट थानकोटतिर पुल निर्माण सम्पन्न भैसकेको छ।
 
यो अण्डरपास कलङ्की चोकदेखि बल्खुसम्म ४ सय मिटर र सितापाइलातिर ४ सय मिटर गरि कुल ८ सय मिटरको हुनेछ।  
निर्माणपछि कलङ्की चोकमा ट्राफिक जाम पूर्णरुपमा हट्ने आयोजनाले दावी गरेको छ।


 
चक्रपथ बिस्तारको  ६० प्रतिशत 
चक्रपथ बिस्तार तथा स्तरोन्नतीको काम ६० प्रतिशत सम्पन्न भएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ।
 
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुरु भएको चक्रपथ विस्तारको काम सांघाइ कन्ट्रक्सन ग्रुपले गत २०७१ असारबाट काम सुरु गरेको थियो । 


 
२०७५ को जुलाइ सम्म चक्रपथ बिस्तार कार्य सकिने गरी काम भइरहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ। 
 
भुकम्प  र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण यो आयोजनाको काम एक बर्ष पछि धकेलिन पुगेको हो । 
 
आयोजनाका अनुसार कलङ्की  र खसीबजारबीचको बागमती नदीमा र बल्खुखोलाको चार स्थानमा पुल बनिसकेको छ। त्यसै गरी कोटेश्वर,ग्वार्को र धोबीघाटमा ओभरहेड ब्रिज(आकाशे पुल) निर्माण कार्य भैसकेको आयोजनाले जनाएको छ।
 
आयोजना प्रमुख झाका अनुसार अहिले कोटेश्वरदेखि एकान्तकुनामा साइड ट्रयाकको काम भैरहेको छ। ४/४ लेनको सडकमा एउटा लेन ३.५ मिटरको हुनेछ। 


 
निर्माण सामाग्रीको अभाव हुने भएकोले काभ्रेमा कम्पनी आफैंले बालुवा, गिटी लगायतका निर्माण सामाग्री उत्पादन गरिरहेको आयोजनाले जनाएको छ। 
 
निर्माणाधीन चक्रपथ बिस्तार आयोजना चीन सरकारको ५ अर्ब अनुदानमा सञ्चालित छ। 


Share this Story

   

कलङ्कीको जामले दिक्क हुनुहुन्छ? चार महिना मै अण्डरपास, चक्रपथ बिस्तारको काम ६०% सकियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.