टाटा मोटर्सको कार मेला नक्साल ब्यांकेटमा सुरु, गाडी खरीदमा चार लाख छुटका साथै उपहार पनि

बिजमाण्डू
२०७४ साउन १९ गते २०:४३ | Aug 3, 2017
टाटा मोटर्सको कार मेला नक्साल ब्यांकेटमा सुरु, गाडी खरीदमा चार लाख छुटका साथै उपहार पनि
काठमाडौं।टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा मोटर्स कार मेला आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life

नक्साल ब्यांकेटमा सुरु भएको मेला आइतबारसम्म चल्नेछ।कम्पनीका अनुसार वार्षिक रुपमा आयोजना हुने यो मेला ग्राहकले पर्खिएर बसिरहेका हुन्छन्।मेलाको उद्घाटन टाटाका कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदीका महाप्रवन्धक प्रविन खतिवडाले संयुक्त रुपमा गरे।मेलामा पाँच मूख्य आकर्षण रहेको कम्पनीले जनायो।
 

कम्पनीका अनुसार टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्सचेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको छ ।मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा ४ लाख सम्म नगद छुट, आकर्षक उपहार, एक्सचेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा तेस्रो पक्ष बीमा सुविधा र बुकिङ्गमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर रहेको कम्पनीले जनायो।