चितवनमा नेपाल ग्यास बजार विस्तारमा ‘एग्रेसिभ’, सौराहाका सबै होटलले नेपाल ग्यास प्रयोग गर्ने

बिजमाण्डू
२०७४ साउन १८ गते २१:४७ | Aug 2, 2017
चितवनमा नेपाल ग्यास बजार विस्तारमा ‘एग्रेसिभ’, सौराहाका सबै होटलले नेपाल ग्यास प्रयोग गर्ने
काठमाडौं।मुलुकको प्रमुख पर्यटकीय गन्तब्य सौराहाका सबै होटलले नेपाल ग्यास प्रयोग गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

सौराहामा बुधवार आयोजित कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका  अध्यक्ष सुमन घिमिरेले भरपर्दो र सुरक्षित ग्यासमा परिचित नेपाल ग्यास सौराहाका सबै होटलले प्रयोग गर्ने बताए।‘नेपालको पहिलो ग्यास कम्पनी मात्रै नभएर सुरक्षामा पनि ध्यान दिएकोले हामीले नेपाल ग्यास प्रयोग गर्न सहमत भएका हौं’उनले भने,सौराहाको पर्यटन पूर्वाधार विकासमा पनि नेपाल ग्यासले सघाउने हामीले विश्वास लिएका छौं।

नेपाल ग्यासका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्टले नेपाल ग्यासले विश्व बजारमा आएको पछिल्लो प्रविधि ल्याएर उपभोक्तालार्इ सुरक्षित ग्यास बिक्री गर्दै आएको बताए। ‘हामी उपभोक्ताको सुरक्षामा संवेदनशील छौं त्यसैले सुरक्षित ग्यास पुर्याउन गुणस्तरीय र विश्व बजारमा आएका पछिल्ला प्रविधि उद्योगमा राखेर ग्यास भर्दै आएका छौं’ उनले भने,हामीले नाफालार्इ मात्रै हेरेर लगानी गरेका होइनौ।उपभोक्तालार्इ सुरक्षित र पूर्ण तौलको ग्यास दिएर सेवाभावलार्इ पनि कायम राख्न प्रतिवद्ध छौं।‘ 
 

ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले नेपाल ग्यासले जस्तै सुरक्षित र पूर्ण तौल भएको ग्यास बिक्री गर्न अरु ग्यास उद्योगीलार्इ आग्रह गरे।‘हरेक भान्छामा पुग्ने ग्यास सुरक्षित हुनुपर्छ।सुरक्षामा नेपाल ग्यासले अहिलेसम्म कुनै सम्झौंता गरेको हामीले पाएका छैनौ’ उनले भने, अरु ग्यास कम्पनीले पनि नेपाल ग्यासलार्इ अनुशरण गर्न सके उपभोक्ताले सुरक्षित ग्यास पाउने वातावरण बन्थ्यो।‘

नेपाल ग्यासको सौराहाको बिक्रेता अल्फ्रेस्को सप्लार्यसका संचालक गोकर्ण गिरीले उपभोक्तालार्इ सुरक्षित,भरपर्दो र पूर्ण तौल भएको ग्यास बिक्रीको वातावरण बनेको बताउँदै उपभोक्तालार्इ प्राथमिकतामा राखेर ग्यास बिक्री गरिने प्रतिवद्धता व्यक्त गरे। चितवनमा दुर्इ महिना अघिदेखि नेपाल ग्यास बिक्री सुरु भएको हो।चितवनमा उन्नयन सप्लायर्सले नेपाल ग्यास बिक्री गर्दै आएको  छ।उन्नयन सप्लायर्सका अध्यक्ष रामहरी पोखरेलले तत्कालको नाफा हेरर ग्यास बिक्री नगरि दीर्घकालिन बजार विस्तारमा ध्यान दिएको बताए।