नेपाली बजारमा नोकियाको कमब्याक, १५ हजारदेखि २५ हजारसम्मका नोकियाका स्मार्टफोन पाइने

बिजमाण्डू
२०७४ साउन १८ गते १८:१९ | Aug 2, 2017

काठमाडौं। कुनै समयको सर्वाधिक रुचाईएको ब्राण्ड नोकियाका स्मार्टफोन पुन नेपालीबजारमा आएका छन्।पारामाउन्ट ईलेक्ट्रोनिक्सले नोकियाका मोबाईलहरु नेपाली बजारमा विक्रिवितरण गर्ने भएको छ।

कम्पनीले नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोन साथै नोकिया ३३१० पनि उपलब्ध गराएको छ। यी सबै मोडेलका फोनमा दुईवटा सिमकार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यसका साथै विश्वव्यापी रुपमा रुचाईएको एन्ड्रोइड न्युगट अपरेटिङ सिस्टम पनि उपलब्ध हुने छ।

Tata
GBIME
Nepal Life

नेपाली बजारमा नोकिया ३ को बजार मूल्य १५ हजार ६५० रुपैयाँ, नोकिया ५ को मूल्य २१ हजार ३५० रुपैयाँ र नोकिया ६ को मूल्य २५ हजार ६०० रुपैयाँ रहेको छ। यसका साथै नोकियाले आधिकारिक नोकिया केयरको पनि सुरुवात गरेको कम्पनीले जनाएको छ।

नोकिया ३ मोबाईल ५ ईन्च एचडी डिस्प्ले, २ जीबी र्‍याम, १६ जीबी ईन्टर्नल स्ट्रोरेज, ८ मेगापिक्सेल रियर/फ्रन्ट क्यामेरा र २६३० एमएच ब्याट्री सहित बजारमा आएको छ।

त्यसतै नोकिया ५ ५.२ ईन्च डिस्प्ले,  २ जीबी र्‍याम,१६ जीबी ईन्टर्नल स्टोरेज, १३ मेगापिक्सेल रियर क्यामेरा, ८ मेगा पिक्सेल फ्रन्ट क्यामेरा,फिङ्गर प्रिन्ट स्क्यानर र ३००० एम एच ब्याट्री पावर सहित बजारमा आएको हो।

त्यस्तै नोकिया ६ मा ५.५ ईन्च डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट, ३ जीबी र्‍याम, ३२ जीबी ईन्टर्नल स्टोरेज, १६ मेगापिक्सेल रियर क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा फिङ्गर प्रिन्ट स्क्यानर र ३००० एम एच ब्याट्री पावर रहेको छ।