ग्यासको मूल्य २५ रुपैयाँले घट्यो, अब ग्यासको मूल्य १३२५, आयल निगमलार्इ अझै ७४ रुपैयाँ नाफा

बिजमाण्डू
२०७४ साउन १७ गते १७:५६ | Aug 1, 2017
ग्यासको मूल्य २५ रुपैयाँले घट्यो, अब ग्यासको मूल्य १३२५, आयल निगमलार्इ अझै ७४ रुपैयाँ नाफा
काठमाडौं।नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय बजारमा ग्यास बनाउने कच्चा पदार्थको मूल्य घटेपछि निगमले मूल्य घटाएको हो।अब उपभोक्ताले ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ मात्रै तिर्नुपर्नेछ।मूल्य घटाउँदा पनि निगमलार्इ एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा नाफा छ।
 

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार ग्यासको मूल्य घटेर आएको हो।निगमका प्रवक्ता सीताराम पोखरेलले अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य घटेकोले स्वचालित मूल्य संयन्त्र अनुसार मूल्य घटाइएको बताए।उनका अनुसार अरु पेट्रोलियम पदार्थमा भने मूल्य बढेर आएकोले मूल्य यथावत राखिएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ५२ डलर पुगेको छ।