बिहारीको ९ बर्षको कमाइ दिल्लीकाले बर्ष दिनमै कमाउँछन्, नेपालसँग जोडिएको युपीको पनि वेहाल

बिजमाण्डू
२०७४ साउन १३ गते १७:५२ | Jul 28, 2017

नयाँ दिल्ली।भारतमा आर्थिक असमानता निकै गहिरो छ। प्रति ब्यक्ति आयबाट पनि यो असमानता स्पष्ट रुपमा देख्न सकिन्छ। पर्चेजिङ पावरका क्षमताका आधारमा सार्वजनिक गरिएको तथ्यांकमा नयाँ दिल्लीमा प्रति ब्यक्ति नेट स्टेट डोमेस्टिक प्रोडक्ट आय ब्राजिल चीन र दक्षिण अफ्रिका भन्दा धेरै छ ।
यसकै बिपरित बिहारको स्थिती भने निकै फरक छ।

Tata
GBIME
Nepal Life

बिहारमै आयको स्तर अफ्रिकी देश केन्या तान्जानिया र सेनेगल जस्ता गरिब देशहरुभन्दा निकै कम छ।

प्रतिब्यक्ति आय अनुसार दिल्ली सबैभन्दा धनी राज्यमा पर्दछ।

दिल्लीको प्रतिब्यक्ति आय ११ लाख ८ हजार भारु छ ।  यो वार्षिक रुपमा १७ हजार २८३ डलर हुन्छ जुन इराक, इरान र तुर्कमेनिस्तान जस्ता देशहरुको बराबर हो।

यो तथ्यांकभन्दा विहारको अवस्था धेरै फरक छ। विहारको प्रतिब्यक्ति आय १ लाख २४ हजार भारु छ ।

१९ सय ४८ डलर मात्र हुने यो आय दक्षिण सुडान माली र जिम्बाबेसंग समान देखिन्छ।

दिल्लीबासीले एक बर्षमा जति कमाउँछन् त्यति नै कमाउन बिहारीलार्इ ९ वर्ष लाग्छ।

प्रतिब्यक्ति आयमा देशको राजधानी दिल्ली नै सबैभन्दा अघि छ। दिल्लीपछि गोवा र चन्डीगढ धेरै प्रतिब्यक्ति आय भएका राज्यमा पर्दछ  जसको प्रतिब्यक्ति आय क्रमश: ९ लाख ८८ हजार ४८७ भारु र ८ लाख ८६ हजार ८५४ भारु छ।

भारतमा बिहार नै सबैभन्दा पछि देखिएको छ। विहारभन्दा ठिक माथि मणिपूर र उत्तर प्रदेश रहेका छन्। मणिपुरीले लगभग १ लाख ७७ हजार ५३७ कमाउँछन् भने उत्तरप्रदेशका नागरिकको प्रतिब्यक्ति आय १ लाख ९१ हजार ८४५ भारु छ।