पानामा पेपर्सले पाकिस्तान हल्लायो, सर्वोच्चको आदेश-सरिफ प्रधानमन्त्रीमा रहन अयोग्य

बिजमाण्डू
२०७४ साउन १३ गते १५:४८ | Jul 28, 2017
पाकिस्तान। पाकिस्तानी सर्वोच्च अदालतले पनामा पेपर्सले लिक गरेका प्रमाणका आधारमा प्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गर्दै पदमा बस्न अयोग्य घोषणा गरेसँगै उनी पदबाट हटेका छन्।
 

सरिफले अदालतको आदेशप्रति असहमति जनाउँदै उपलब्ध सबै संवैधानिक र कानुनी विकल्पको खोजी गर्ने बताएका छन्। बहालवाला प्रधानमन्त्री विरुद्ध पेपर्सका  प्रमाणका आधारमा कालो धन जम्मा गरेको भन्ने आरोपमा परेको मुद्दामा उनलाई दोषी ठहर गरिएको हो। सर्वोच्च अदालतले गरेको फैसलासँगै सरिफ प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन्। यद्यपि उनले राजिनामा दिने नदिनेबारे उनको धारणा आइसकेको छैन। 
 
सर्वोच्च अदालतका पाँच जनाको बृहत पूर्ण इजलासले सरिफलाई दोषी ठहर गरेको हो। बृहत पूर्ण इजलासको फैसला उपर पुनरावेदनसमेत नलाग्ने अभ्यास छ।सन् २०१५ मा लिक भएको पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानबिन भएको थियो।
 
प्रधानमन्त्री नवाज शरिफले निरन्तर रुपमा आफूले कुनै गलत काम नगरेको दावी गर्दै आएका छन्।यसअघि आइसल्यान्डका प्रधानमन्त्रीले पनामा पेपर्स प्रकरणमै राजीनामा दिइसकेका छन्।विश्वका धनी र शक्तिशाली व्यक्तिहरुले धन लुकाउन गरेका गतिविधिको पोल खुल्ने गरी पनामा पेपर्स लिक भएको हो। 
 

Tata
GBIME
Nepal Life