भारतमा आयो रेञ्ज रोभर अटोबायोग्राफी डाइनामिक, मूल्य २.७९ करोड भारु, नेपालमा को चढ्ला?

बिजमाण्डू
२०७४ साउन १३ गते ११:५५ | Jul 28, 2017
भारतमा आयो रेञ्ज रोभर अटोबायोग्राफी डाइनामिक, मूल्य २.७९ करोड भारु, नेपालमा को चढ्ला?
काठमाडौं। टाटा मोटर्सको स्वामित्वको जगुआर ल्याण्ड रोभर (जेएलआर) ले रेञ्ज रोबर एसबी अटोबायोग्राफी डाइनामिक भारतीय बजारमा ल्याएको छ। भारतमै यसको सोरुम मूल्य दुई करोड ७९ लाख भारु छ। नेपालमा यो आउनै बाँकी छ। 
स्पोर्टस युटिलिटी गाडीमा बि८ को बेजोड इन्जिनका साथै धेरै नै फिचरहरु छन्।
 
जेएलआरका इण्डियन अपरेसनका प्रबन्ध निर्देशक रोहित सुरीले विशेष टिमले यो गाडीको डिजाइन गरेको बताएका छन्। लक्जरीवाहेक पनि यसको लुक्सलाई बिशेष ध्यान दिएर गाडी निर्माण गरिएको उनले जानकारी दिए।
 
भारतमा आएको यो चौथो मोडल हो। पहले रेञ्ज रोबर एसबी अटोबायोग्राफी, रेञ्ज रोबर स्पोर्ट एसबिआइ र एफ  टाइप एसबिआर बजारमा आएका थिए। 

Tata
GBIME
Nepal Life