अशोक लेलैण्डको सर्भिस दिने नयाँ फण्डा, बाइकबाट गाडी बिग्रिएकै ठाउँमा पुगी तुरुन्त मर्मत गर्ने

बिजमाण्डू
२०७४ साउन १२ गते १८:४२ | Jul 27, 2017

काठमाडौं। नेपालकालागि अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आईएमई मोटर्सले अशोक लेलैण्डका गाडीमा समस्या आएमा सर्भिस वाईक मार्फत तुरुन्त सेवा दिने भएको छ।
आईएमई मोटर्सले मेचीदेखि महाकाली सम्मै मुख्य मुख्य सहरमा अशोक लेलैण्डका गाडीहरुको बिक्रिपछिको सर्भिस सुविधा दिदै आएको छ।

Tata
GBIME
Nepal Life

यसै सुविधाको लागि आईएमई मोटर्सले देशभर सर्भिस भ्यानहरु समेत सञ्चालनमा ल्याईसकेको जनाएको  छ।

सर्भिस भ्यानपछि अब मोटरबाइक मार्फत कम्पनीले मर्मत सुविधा दिन लागेको हो।

गाडी बिग्रेको जानकारी हुने बित्तिकै मोटरबाइकमा तुरुन्त पुग्ने र छिटो छरितो सेवा दिने कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।