थोरै सप्लार्इका कारण बीमाको बजार उचालियो, धेरै कारोबार हुने दश मध्ये आठ कम्पनी बीमाका

बिजमाण्डू
२०७४ साउन १२ गते १७:३२ | Jul 27, 2017

काठमाडौं। बीमाको बजार केही समययता उचालिएको छ। बीमा समितिले बीमा कम्पनीलार्इ पूँजी बृद्धि गर्न निर्देशन दिएसँगै शेयर बजारमा बीमा कम्पनीहरु सबैभन्दा बढी कारोबार हुने कम्पनी भएका छन्। सबैजसो बीमा कम्पनीले बीमा समितिमा आफ्नो पूँजी बृद्धि योजना बुझाएका छन्। योजना बुझाउने कम्पनीको शेयरको भाउ पनि आकासिएको छ।

बीमा कम्पनीहरुको शेयर बजारमा धेरै कम मात्रामा सप्लाइ भएका कारण शेयरको भाउ आकासिएको इन्भेष्टर फोरमका अध्यक्ष आत्मराम घिमिरेले बताए। बीमा कम्पनीको चुक्ता पूँजी बीमा समितिले निर्देशन गरेको भन्दा धेरै नै कम छ। यसैकारण बजारमा शेयर नै नभएको उनले बताए। बजारमा शेयर कम सप्लाइ भएपछि बजार त्यसै पनि आकासिने उनको भनाइ छ।

Tata
GBIME
Nepal Life

बीमा कम्पनीले अफर गरेको बोनस शेयर र हकप्रद शेयर आकर्षक भएका कारण बजारमा बीमा कम्पनीको माग बढेको उनले बताए। अहिलेको अवस्थामा दिनदिनै एक सय रुपैयाँभन्दा बढीको अनुपातमा बजार बढेको अवस्थामा किनेको शेयरले फाइदा नहुन सक्छ।

उनले लगानीकर्तालार्इ अहिलेको अवस्थामा शेयर किनेर कतिको फाइदा हुने नहुने बुझेर मात्र कारोबार गर्न सुझाब दिएका छन्। उनले हकप्रद शेयर दिनेभन्दा पनि बोनस शेयर दिने कम्पनीले भोलि प्रतिफल राम्रो दिने बताए। उनका अनुसार हकप्रद शेयर दिने कम्पनीको आजका दिनमा  प्रतिशेयर आम्दानी धेरै नै कम छ भने पूँजी बृद्धि गरेपछि झन् कम प्रतिफल दिने संभावना हुन्छ।
 
हाल सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरु जसमा साना किसान र मुक्तिनाथ विकास बैंक बाहेक अन्य आठ कम्पनी बीमा कम्पनी रहेका छन्। सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ। प्रभु इन्स्योरेन्स कम्पनीको हालको चुक्ता पूँजी ३२ करोड एक अर्ब रुपैयाँ छ।

कम्पनीले एक अर्ब चुक्ता पूँजी पुर्याउने योजनाकालागि बीमा समितिमा म्याद थपको लागि निवेदन दिएको छ। तर कम्पनीले ७० प्रतिशत पूँजी पुर्याउनुपर्ने हुनाले यसको माग बढेको छ।

प्राइम लाइफ इन्स्योरेन्सको कारोबार दोस्रो नम्बरमा रहेको छ। प्राइम लाइफ इन्स्योरेन्सले २०६९ देखि हकप्रद तथा बोनस दिन नपाएका कारण यसको जगेडा कोषमा ७५ करोड २४ लाख रुपैयाँ जम्मा भएको छ। यसका आधारमा पनि कम्पनीले बोनस शेयर दिने सक्ने सम्भावना छ।

त्यस्तै सगरमाथा नेपाल लाइफ नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद तथा बोनस दिने भएपछि लगानीकर्ता हौसिएका छन्। इन्स्योरेन्स बाहेक मुक्तिनाथ विकास बैंक र सान किसान विकास बैंकको कारोबार पनि टप टेनभित्र परेका छन्।

मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रदको लागि २० गते बुक क्लोज हुदैछ। यसैकारण पनि यसको कारोबार उच्च देखिएको छ। साना किसान विकास बैंकको कारोबार पनि टप टेनमा परेको छ। कम्पनीले अहिलेसम्म बोनस वा हकप्रदको लागि अहिलेसम्म कुनै सूचना जारी गरेको छैन।

यस बैंकको गत आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्ममा चुक्ता पूँजी ५० करोड ३० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब तीन करोड रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको चौथो त्रैमासिकको विवरण आउनै बाँकी छ। यसको आर्थिक विवरणले पनि आगामी दिनमा बैंकले बोनस दिने संभावना देखिन्छ। शिखर इन्स्योरेन्स तथा राष्ट्रिय बीमा कम्पनी प्रमोटर शेयरको कारोबार पनि टप टेनमा परेको छ।