एनआर्इसी एशिया क्यापिटलमा खाता भएकाले ‘मेरो शेयर’को सेवा पाउने, शुल्क पचास रुपैयाँ मात्रै

बिजमाण्डू
२०७४ साउन १२ गते १७:२० | Jul 27, 2017
एनआर्इसी एशिया क्यापिटलमा खाता भएकाले ‘मेरो शेयर’को सेवा पाउने, शुल्क पचास रुपैयाँ मात्रै
काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले हितग्राही खाता भएकालार्इ सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको 'मेरो शेयर' सफ्टवेयर सेवा सुरु गरेको छ ।  

Tata
GBIME
Nepal Life

कम्पनीमा खाता भएकाले कारोवारको जानकारी अनलाइन मार्फत हेर्ने सुविधा पाउने विज्ञप्तिमार्फत उल्लेख गरिएको छ।कम्पनीका अनुसार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निक्षेप सदस्यहरुलाई प्रदान गरेको सेवा कम्पनीमार्फत वार्षिक रुपमा पचास रुपैयाँ शुल्क तिरेर लिन सकिनेछ।

यो सेवाका लागि कम्पनीको बबरमहलमा रहेको कार्यालय र  एनआर्इसी एशिया बैंकको शाखा कार्यालयमा आवेदन फारम भरेर बुझाउन सकिने कम्पनीले जनायो।