चितवनमा यस वर्ष विकास निर्माण सुस्त, मुग्लिन नारायणगण सडकखण्डको २२ करोड रुपैयाँ फ्रिज

बिजमाण्डू
२०७४ साउन १२ गते १५:१० | Jul 27, 2017

चितवन। चितवन जिल्लामा  आर्थिक वर्ष २०७३\०७४ मा विकास निमार्ण तर्फको पूँजीगत खर्च हुन नसक्दा  ३ अर्व ६८ करोड ३६ लाख ८४ हजार ३ सय ८० रकम फ्रिज भएको छ ।
देशकै चासोको विषय बनेको मुग्लिन नारायणगढ सडक आयोजनाको  २२ करोड भन्दा बढी रकम फ्रिज भएको छ भने शहरी तथा भवन निमार्ण कार्यालयले झण्डै ५५ करोड खर्च गर्न सकेन।

Tata
GBIME
Nepal Life

पूँजीगत खर्चतर्फ आएको खुद बजेट ६ अर्व २ करोड मध्य ४ अर्व ३६ करोड खर्च भई १ अर्व ६६ करोड रकम फ्रिज भएको छ ।

पूँजीगत र चालु गरेर झण्डै १७ अर्व बजेट निकासा भएकोमा १३ अर्व ३१ करोड ४५ लाख ६८ हजार मात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख कोष नियन्त्रक शिव प्रसाद पन्थीले जानकारी दिए ।

यस पटक निर्वाचनको समय भएको कारण १ सय ३ कार्यालय मार्फत बजेट खर्च भएकोमा निर्वाचन पछि ती कार्यालयको काम समाप्त हुने हुदाँ ८९ कार्यालयले बजेट खर्च गरेका थिए।
रकम ढिलो निकासा भएकोले फ्रिज भएको प्रमुख कोष नियन्त्रक पन्थीको भनाइ छ। काम गर्दै गर्दा समय अभावले निमार्ण सम्पन्न गर्न नसकेको पनि उनले बताए ।