एनएमबी बैंकको नाफा ३५% ले बढ्यो, नाफा एक अर्ब ५१ करोड रुपैयाँ, निक्षेप ७३ अर्ब रुपैयाँ नाघ्यो

बिजमाण्डू
२०७४ साउन १२ गते ०९:३४ | Jul 27, 2017
एनएमबी बैंकको नाफा ३५%  ले बढ्यो, नाफा एक अर्ब ५१ करोड रुपैयाँ, निक्षेप ७३ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौं। एनएमबी बैंकले गत आर्थिक बर्ष नाफा ३५ प्रतिशतले बढाएको छ। बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो आर्थिक बर्ष बैंकको नाफा एक अर्ब ११ करोड रुपैयाँ थियो। 
 
बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुर्इ अर्ब ५६ करोड रुपैयाँ गरेको छ। अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी दुर्इ अर्ब एक करोड रुपैयाँ रहेको थियो। बैंकले गत आर्थिक बर्षमा ७३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 
 
बैंकले एक आर्थिक बर्षमा ४ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजीबाट ६ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। बैंकको गत आर्थिक बर्ष जगेडा कोषमा ४ अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ। 
 
बैंकको पूँजी कोष अनुपातमा सुधार आएको छ। बैंकले एक आर्थिक बर्षमा १०.८९ प्रतिशतबाट बढाएर १३.८५ प्रतिशत पुर्याएको छ। बैंकको खराब कर्जा १.६६ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ। 

Tata
GBIME
Nepal Life