एनएमबी ‘स्मार्ट टेलर’ सेवा दिने, ट्याब्लेटबाट सेवा दिन सिङ्गापुरे बैंक जिनीसँग सहकार्य

बिजमाण्डू
२०७४ साउन ११ गते १७:२४ | Jul 26, 2017
काठमाडौं। एनएमबी बैंकले पूर्णरूपमा स्वचालित बैंकिङ सेवा सुरु गर्ने भएको छ। बैंकले यसका लागि सिङ्गापुरस्थित सेवा प्रदायक कम्पनी बैंक जिनीसँग सम्झौता गरेको छ। 

 
सम्झौता अनुसार एनएमबी बैंकले बैंक जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ।
 
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नयाँ सेवाबाट बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउने बताए। साथै ग्राहकहरुलाई बैंकिङ गर्न अझ सहज गराउने जानकारी दिए। सम्झौतामा दुबै तर्फबाट प्रमुख कार्यकारी अधिकृत केसी तथा रामकुमार शर्मा (बैंक जिनी) ले दस्तखत गरेका छन्। 

Tata
GBIME
Nepal Life