बीमा कम्पनीको बिजनेश एक बर्षमा २४ % बढ्यो, एनबी इन्स्योरेन्सको झन्डै शतप्रतिशत बृद्धि

बिजमाण्डू
२०७४ साउन ११ गते ११:१२ | Jul 26, 2017
बीमा कम्पनीको बिजनेश एक बर्षमा २४ % बढ्यो, एनबी इन्स्योरेन्सको झन्डै शतप्रतिशत बृद्धि
काठमाडौं । बीमा कम्पनीहरुले एक बर्षमा २४ प्रतिशतले आफ्नो व्यवसाय बढाएका छन। जीवन तथा निर्जीवन बीमाहरुले गत आर्थिक बर्ष २०७३/७४ मा ५८ अर्ब ६७ करोड रुपैयाँको विजनेस गरेका छन्।
 
जीवन बीमा कम्पनीले २० प्रतिशतले आफ्नो ब्यावसाय बढाएका छन्। जसमा ४ प्रतिशत हिस्सा बैदेशिक रोजगारीमा जानेहरुले गर्ने म्यादी जीवन बीमा रहेको छ। 

Tata
GBIME
Nepal Life

जीवन बीमा कम्पनीले गत आर्थिक बर्षमा ३८ अर्ब ४० करोड रुपैयाँको विजनेस गरेका हुन्। अघिल्लो आर्थिक बर्षमा यी कम्पनीले ३१ अर्ब ९७ करोड रुपैयाँको व्यवसाय गरेका थिए।

 
जीवन बीमा कम्पनीहरुको पहिलो प्रिमियम भने ११ प्रतिशतले बढेको हो। कम्पनीहरुले गत आर्थिक बर्षमा १० अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन्।
 
बैदेशिक रोजगारी म्यादी जीवन बीमा बापत कम्पनीहरुले गत आर्थिक बर्षमा दुई अर्ब ५७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्। अघिल्लो बर्ष यस्तो आम्दानी एक अर्ब ८२ करोड रुपैयाँ थियो।
 
जीवन बीमा कम्पनीहरुले बीमा लेख नविकरण बापत २५ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेका छन्। कम्पनीहरुले अघिल्लो बर्ष यस्तो प्रमियम २० अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेका छन्। 
 
निर्जीवनको साढे चार अर्बले बढ्यो
निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आर्थिक बर्षमा २० अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो निर्जीवन बीमा कम्पनीले १५ अर्ब ७५ करोड रुपैयाँको व्यवसाय गरेका थिए।
 
निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा तीब्र व्यवसाय विस्तार गर्नेमा एनबी इन्स्योरेन्स रहेको छ। लामो समय ‘सिक’ अवस्थामा रहेको कम्पनी अघिल्लो बर्ष आइएमई समूहले ‘टेकओभर’ गरेसँगै सुधार भएको हो। कम्पनीले गत बर्ष ६९ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो। अघिल्लो बर्ष एनबीले ३५ करोड रुपैयाँको व्यवसाय गरेको थियो।
 
निर्जीवन बीमा कम्पनी तर्फ शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षमा सबैभन्दा धेरै दुई अर्ब ७७ करोड रुपैयाँ खुद प्रिमियम आर्जन गरेको छ।