गण्डकी विकास बैंकको नाफा ८५ करोड रुपैयाँ पुग्यो, पूँजी जुटाउन हकप्रद र वोनस सेयर दिँदै

बिजमाण्डू
२०७४ साउन १० गते १२:३४ | Jul 25, 2017
काठमाण्डौं। गण्डकी विकास बैकले गत आर्थिक बर्ष ८५ करोड रुपैयाँ नाफा कमाएको छ। फेवा विकास बैंक मिसिएपछि निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।
 
बैंकले कुल १६ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। बैंकले हकप्रद र वोनस सेयरबाट चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ।
 
बैंकका ५० शाखा छन् भने आगामी दिनमा थप शाखा थप्ने योजना छ। 

Tata
GBIME
Nepal Life