बेलायतले छान्दैछ यस वर्षका लागि उत्कृष्ट बिल्डिङ, ६ बिल्डिङमध्ये कुन घरले जित्ला रिबा प्राइज?

बिजमाण्डू
२०७४ साउन १० गते १०:५५ | Jul 25, 2017
बेलायतले छान्दैछ यस वर्षका लागि उत्कृष्ट बिल्डिङ, ६ बिल्डिङमध्ये कुन घरले जित्ला रिबा प्राइज?
बेलायतमा सर्वश्रेष्ठ बिल्डिङको प्रतिष्पर्धामा ६ वटा घरहरु सर्टलिस्टेड भएका छन्। २२औं रोयल इन्स्टिच्यूट अफ ब्रिटिश आर्किटेक्ट्स (रिबा) प्राइजका लागि सर्टलिस्टेड भएका हुन्। 
१. सिटी अफ ग्लासगो कलेजको न्यू सिटी क्याम्पस पहिलो फाइनलिस्ट बनेको छ। यस  क्याम्पस ११ वटा बिल्डिङहरु मिलाएर दुर्इवटा भवन बनाइएको छ। निर्णायकहरुले भवनलार्इ फाइनलिस्टका रुपमा छान्नुको कारण खुलाउँदै भनेका छन्– ‘यो एक आश्चर्यजनक र कठिन प्रोजेक्ट हो। यसमा आर्किटेक्चरको उत्कृष्ट स्किलको प्रयोग भएको छ।’ यो भवनले शहरकै सुन्दरता बढाएको निर्णायकहरुको ठहर छ।
२. हैस्टिंग्स पियरमा आगो लागेपछि त्यसको पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माणको ५ वर्षपछि अप्रिल २०१६ मा आमनागरिकको प्रवेशका लागि सार्वजनिक गरिएको यो भवनलार्इ निर्णायकहरुले प्राकृतिक वातावरणका साथै डिजाइनका लागि चयन गरेका छन्। यसको ओपन इन्ट्री र डिजाइन वास्तवमै अत्याकर्षक छ।
३. वेस्ट लन्डनमा बनेको जर्गन टेलरको फोटोग्राफी स्टुडियो पनि चयनमा परेको छ। स्टुडियोको तीनवटा बिल्डिङ तथा एउटा गार्डनलार्इ सुन्दर प्रोजेक्ट मान्दै निर्णायकहरुले फाइनलिस्टका रुपमा चुनेका हुन्। यो भवन पूर्ण विकशित तथा आत्मविश्वासले भरिएको निर्णायकहरुको मान्यता छ। यो भवनलार्इ उत्कृष्ट कार्यस्थल मानिएको छ।
४. ब्रिटिस म्यूजियम वर्ल्ड कन्जरवेशन एण्ड एक्जिविसन सेन्टरलार्इ पनि फाइनलिस्टका रुपमा निर्णायकहरुले चुनेका छन्। यो सेन्टर धेरै म्यूजियमहरुको कलेक्सन हो। निर्णायकहरुले यो बिल्डिङलार्इ बनाउने क्रममा उठाइएको चुनौतीहरुको तारिफ गरेका छन्।
५. ऐतिहासिक हकीयार्ड च्याथममा रहेको द कमान्ड अफ द ओसन्स डिस्प्ले गत सालमात्र आम जनताका लागि सार्वजनिक गरिएको हो। यो बिल्डिङलार्इ च्याम्पियन प्रोजेक्टको संज्ञा दिएका छन्। निर्णायकहरुका अनुसार यसमा प्रयोग भएको फेब्रिकको मौलिकतालार्इ जोगाएर कल्पनाशिल ढंगले बिल्डिङको निर्माण गरिएकोले यो उत्कृष्ट भवनहरुमा पर्न सफल भएको हो।
६. लन्डनको स्टक नेविङटनमा रहेको क्रस लेमिनेटेड काठको हाउजिङ पनि फाइनलिस्टका रुपमा चुनिएको छ। काठका भवनहरुको यो प्रोजेक्टलार्इ बैरेट्स ग्रोव नाम दिइएको छ। निर्णायकहरुले यो बिल्डिङलार्इ छनौट गर्दा यसको भवनको लम्बाइ र यसको प्याटर्न एकदम फिट भएको बताएका छन्। 
 
कलात्मक र सुन्दर प्रोजेक्टका रुपमा चुनिएका यी बिल्डिङमध्ये कुन चाहीँ बिल्डिङले सर्वश्रेष्ठ बिल्डिङको बाजी मार्ला यसको लागि भने अक्टोबरसम्म पर्खनै पर्छ। बिजेताको घोषणा अक्टोबरको ३१ तारिखमा हुने बताइएको छ।

Tata
GBIME
Nepal Life