पाँच मेगावाटको सभापोखरी हाइड्रोपावरको पिपिए, ८०% काम सकिएपछि सर्वसाधारणलाई सेयर

बिजमाण्डू
२०७४ साउन ९ गते १२:११ | Jul 24, 2017
पाँच मेगावाटको सभापोखरी हाइड्रोपावरको पिपिए, ८०% काम सकिएपछि सर्वसाधारणलाई सेयर
काठमाडौं। सभापोखरी हाइड्रोपावर प्रालिले नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरीद सम्झौता गरेको छ। पाँच मेगावाट क्षमताको आयोजना तीन बर्षभित्र निर्माण भइसक्ने छ।


 
एक अर्ब रुपैयाँ लगानीमा बन्न लागेको आयोजनामा ७० प्रतिशत बैंकको ऋण छ। बाँकी ३० प्रतिशत प्रबर्द्धकको सेयर छ। ८० प्रतिशत निर्माणको काम सकिएपछि कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने छ।
 
खरीद सम्झौतामा आयोजनाका अध्यक्ष श्रीराम देवकोटा र प्राधिकरणका कामु उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंहले हस्ताक्षर गरेका छन्। 

Tata
GBIME
Nepal Life