घरजग्गा किनबेचमा बैंकमार्फत कारोबार भएको प्रमाण अनिवार्य, नत्र पास नहुने, यस्तो छ जोखिम

बिजमाण्डू
२०७४ साउन ८ गते ०९:३६ | Jul 23, 2017
काठमाडौं। नगद कारोबारमा सीमा तोकिएपछि मालपोत कार्यालयहरुले घरजग्गा खरीदबिक्रीमा कडाइ गर्न थालेका छन्। साउन १ गतेदेखि नगद कारोबारको सीमा १० लाख रुपैयाँमा  झरेको छ।

बैंकबाट कारोबार भएको प्रमाण पेस गर्नु पर्ने भएपछि बैना रकम पनि बैंकबाटै दिनु पर्ने अवस्था आएको छ। प्रमुख सोतीका अनुसार, बैना रकम हातहातै दिएको भए पनि अब बैंकबाट देखाउनु पर्छ। साउन १ गते अगाडि बैना रकम बुझ्ने वा बुझाउनेलाई केही झन्झट भएको छ। 
नयाँ ब्यवस्थासँगै सम्पति शुद्धीकरणसँग सम्बन्धित ब्यवस्था भन्दै राष्ट्र बैंकले कारोबारमा कडाइ गर्न मालपोत कार्यालयहरुलाई पनि सर्कुलर गरेको छ। त्यही कारण मालपोत कार्यालयहरुले घरजग्गा खरीद बिक्रीमा कडाइ गरेका हुन्।
 
मालपोत कार्यालयहरुले घरजग्गा किन्नेबेच्नेबीच नगद कारोबार बैंकमार्फत भएको प्रमाण पेस गरे मात्र रजिष्ट्रेसन प्रकृया अगाडि बढाउन थालेका छन्। यसअघि जतिसुकै रकमको खरीद बिक्री भए पनि मालपोतमा प्रमाण पेश गर्नु पर्दैन थियो, थैली कायम गर्दा त्यसमा लाग्ने कर बुझाए पुग्थ्यो।
 
'सरकारले नै १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकमार्फत गर्नु भनिसकेपछि त्यसभन्दा बढि मूल्यका घरजग्गा किनबेचमा बैंकबाट कारोबार भएको प्रमाणलाई अनिवार्य गरेका हौं,' मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत पद्दनिधि सोतीले बिजमाण्डूसँग भने। 

मालपोत कार्यालयहरुले घरजग्गा किन्नेबेच्नेबीच नगद कारोबार बैंकमार्फत भएको प्रमाण पेस गरे मात्र रजिष्ट्रेसन प्रकृया अगाडि बढाउन थालेका छन्। यसअघि जतिसुकै रकमको खरीद बिक्री भए पनि मालपोतमा प्रमाण पेश गर्नु पर्दैन थियो, थैली कायम गर्दा त्यसमा लाग्ने कर बुझाए पुग्थ्यो।
सोतीका अनुसार, बैंकको एकाउन्ट पेयी चेकमा सम्बन्धित बैंकले उल्लेखित रकम भएको प्रमाणीत गरेको वा बैंकमा रकम जम्मा भएको भौचर नभइ अब घरजग्गा रजिष्ट्रेसन हुँदैन। 
नयाँ ब्यवस्थाका कारण घरजग्गा पास गर्न आएका अधिकांस ग्राहक फर्किनु पर्ने अवस्था आएको डिल्लीबजार मालपोतका अधिकृत पुरुषोत्तम भण्डारीले जानकारी दिए। 
 
'पुरानो ब्यवस्था अनुसार नै भइहाल्छ भनेर अधिकांस आउने गरेका छन्,' भण्डारीले भने, 'अहिले हामीले बैंक कारोबार भएको प्रमाण माग्न थालेका छौं, त्यो दिन नसकेपछि बैंकबाट कारोबार भएको प्रमाण लिन उनीहरु फर्किने गरेका छन्।'
 
नयाँ ब्यवस्थाका कारण 'आज जग्गा पास गरौं, दुई तीन महिना भित्र पैसा चुक्ता गरौला भन्न पाईने अवस्था हराएको छ। यसले उदारो कारोबारलाई निरुत्साहित गर्छ।
 
अब जग्गाधनीलाई पैसा भुक्तानी लिनु भयो कि भएन भनेर सोध्नु पर्ने अवस्था हटेको जानकारी दिँदै सोतीले भने- अब बैंक खाता नहुनेले पनि बैंकमा खाता खोल्नु पर्छ। अनि मात्र कारोबार हुन्छ। 
 
बैंकबाट कारोबार भएको प्रमाण पेस गर्नु पर्ने भएपछि बैना रकम पनि बैंकबाटै दिनु पर्ने अवस्था आएको छ। प्रमुख सोतीका अनुसार, बैना रकम हातहातै दिएको भए पनि अब बैंकबाट देखाउनु पर्छ। साउन १ गते अगाडि बैना रकम बुझ्ने वा बुझाउनेलाई केही झन्झट भएको छ। 

Tata
GBIME
Nepal Life