कालोसूचीबाट हटाउन अर्को साता इयुलार्इ पत्राचार गरिँदै, नोभेम्बरमा आइकाओको टोली नेपाल आउने

बिजमाण्डू
२०७४ साउन ६ गते १७:३२ | Jul 21, 2017
कालोसूचीबाट हटाउन अर्को साता इयुलार्इ पत्राचार गरिँदै, नोभेम्बरमा आइकाओको टोली नेपाल आउने
काडमाडौं। अन्तर्राष्ट्रिय हवाई उड्ययन संस्था (आइकाओ)ले नेपाललाई गम्भिर सुरक्षा चासोको सुचि (सेफ्टी लिस्ट)वाट हटाएसँगै अब युरोपेली युनियन(इयु)लार्इ नेपाल नागरिक उड्ययन प्राधिकरण(क्यान)ले सेफ्टी लिस्टवाट हटाउन पत्राचार गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life


आइकाओको सेफ्टीलिष्टबाट बाहिर आएसँगै क्यानले चाँडै इयुलाई पत्राचार गर्ने क्यानका महाप्रवन्धक सञ्जिव गौतमले बताए। 'हामी अबको दुई हप्ताभित्र युरोपेली युनियनलाई सेफ्टीलिस्टबाट बाहिर ल्याउनका लागि पत्राचार गर्छौ' गौतमले भने 'नोभेम्वरमा इयुको मुख्यालयमा बैठक हुँदैछ, त्यही अवसर पारेर हामी बोलाउँछौं।' 
 
उनले नोभेम्वरभन्दा अघि क्यान र मन्त्रालयको एक टोली इयुको मुख्यालय ब्रसेल्स जाने र नेपालको हालसम्म भएको सवै प्रगति विवरण प्रस्तुत गर्ने बताए।पर्यटन सचिव शंकरप्रसाद अधिकारीले अब इयुले कालोसूचीबाट बाहिर निकाल्ने बताए। 'इयूको टोली नेपाल आएपछि हवाई कालोसूचीबाट बाहिर निष्किने प्रकृया अगाडि बढ्छ,उनले भने।  आइकाओले शुक्रवारमात्रै प्रकाशित गरिएको सेफ्टी रिपोर्टवाट नेपाल बाहिरिएको छ। आइकाओले निर्धारण गरेको विश्वव्यापी मापदण्डमा औसत ६० प्रतिशत भएपनि नेपालको ६६.०८ प्रतिशत पुगेको छ।
 
आइकाओले नेपालवाई सेफ्टी लिस्टवाट बाहिर ल्याउनका लागि हवाई क्षेत्रका कानून, नागरिक उड्ययनको संगठन, व्यक्तिगत इजाजतपत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दूर्घटना जाँच, एयर नेभिगेसन सिस्टम र विमानस्थल सञ्चालनको क्षेत्र अध्ययन गरेको थियो।आइकाओले सन् २००९ मा पहिलोपटक नेपालको सवै ८ वटा क्षेत्रहरुमा उडान सुरक्षा अडिट गरेको थियो।

यो अनुसार नेपालको अन्तर्राष्ट्रिय उड्ययन मापदण्ड, सिफारिश तथा अन्य मार्गदर्शक दस्तावेजहरुको परिपालनको दर ४३ प्रतिशत रहेको थियो। उक्त अडिटले औंल्याएका कमिकमजोरी निराकरणको अवस्थाको मूल्यांकन गर्न सन् २०१३ मा सम्पन्न अडिट पश्चात सो दर ५५ प्रतिशतमा उत्रिएको थियो। तर नेपालको वायुसेवा संचालन प्रमाणपत्र जारी गर्ने सम्बन्धमा आइकाओबाट निर्धारित प्रकृयाहरुको परिपालन नगरेको जनाई नेपाललाई गम्भिर सुरक्षा चासो भएको मुलुकको रुपमा उल्लेख गरेको थियो।