काठमाडौं। नेपाली समाजमा एउटा उखान चर्चित छ- १२ वर्षपछि खोला पनि फर्किन्छ। तर व्यवसायिक संगठनमा भने यो उखान ठ्याक्कै नमिलेपनि '१४ वर्षपछि खोला फर्किएको छ।
पत्रकार नविन अर्यालको फेसबुकबाट
१४ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिबाट वाहिरिएपछि उद्योगपत्ति विनोद चौधरीले नेपाल उद्योग परिसंघ स्थापना गरे।परिसंघ स्थापनापछि यो दुर्इ संस्थाबीच शितयुद्धनै चल्यो।तर १४ वर्षपछि परिसंघको साधारणसभामा महासंघकी अध्यक्ष भवानी राणा सहभागी भर्इन्। परिसंघले राणालार्इ अतिथिको रुपमा निम्ता गर्यो र उनी एउटै मञ्चमा आसिन पनि भर्इन्।
यो अवधिमा साधारणसभामा औपचारिक रुपमा राणा पहिलो पटक उपस्थित भएकी हुन्।माओवादी द्धन्द्धका बेलामा महासंघ र परिसंघ एउटै मञ्चमा बसेर आन्दोलन पनि गरे तर त्यसले निरन्तरता भने पाएको थिएन।यो अवधिमा दुर्इ व्यवसायिक संस्थाबीच कतिपय मुद्दामा यी दुर्इ संस्थाले आर्थिक सम्वन्धि ऐन नियम संशोधनमा फरक/फरक एजेण्डा दिए।
नेपाली लगातीकर्तालाई विदेशमा लगानीको बाटो खोल्ने विषयमा महासंघ र परिसंघवीच ठूलो शीतयुद्ध चल्यो । नेपालीले सक्छ भने विदेशमा लगानीका लागि पुँजी पनि लैजान दिनुपर्दछ, लैजान सक्दैन भने, सीप, उद्यमशिलतामा लगानी गर्छ भने त्यसलाई बाटो खोल्नुपर्दछ भन्ने पक्षमा तात्कालिन परिसंघका अध्यक्ष चौधरी थिए । तर यही विषयमा महासंघ विपरित धारमा थियो।
सतहमा त्यसको नेतृत्व महासंघ अध्यक्षका हैसियतले सुरज वैद्यले गरेका थिए।यो शितयुद्ध तोड्ने काम कसले गर्यो?महासंघमा मध्यमार्गी धारको प्रतिनिधित्व गर्ने पशुपति मुरारकाले दुर्इ संस्थाको शितयुद्धलार्इ मथ्थर मात्रै गरेनन्।उनी अध्यक्ष बनेपछि दुर्इ संस्थाको तुष मेटाउने काम गरे।
यी दुर्इ संस्थाले एउटै एजेण्डा बोक्ने समेत वातावरण मिलाए।महासंघको राजनीतिबाट एक्जिट भएर परिसंघ खोलेका विनोद चौधरी समेत दुर्इ संस्थाले एउटै एजेण्डा बनाएर जानुपर्छ भन्नेमा एकमत देखिए।महासंघबाट २०५२ सालमा निस्किएपछि परिसंघलार्इ अगाडी बढाउने क्रमको धेरै तिक्ततालार्इ चौधरीले समेत विर्सिएर एउटै एजेण्डामा जाने वातावरण तयार गरे।