विराटनगर- धरानमा सुरु भयो अत्याधुनिक बस, टाटाको मार्कोपोलो गाडीमा छन् यस्ता सुविधा

बिजमाण्डू
२०७४ साउन ५ गते १९:४४ | Jul 20, 2017
विराटनगर- धरानमा सुरु भयो अत्याधुनिक बस, टाटाको मार्कोपोलो गाडीमा छन् यस्ता सुविधा
काठमाडौं।हिमशिखर यातायात एण्ड ट्राभल टुर्सले विराटनगरदेखि धरानसम्म अत्याधुनिक सुविधासहितको बस सेवा संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

यो गाडीमा यो गाडीमा सिसी टिभी,डेष्टिनेशन बोर्ड,एलइडी टिभी र युपिएस लगायतका सुविधा रहेको हिमशिखरका अध्यक्ष मनोजकुमार प्रधानले बताए।यो कम्पनीले टाटाको मार्कोपोलो अल्ट्रा एलपिओ ७५टी ३४ -एस संचालनमा ल्याएको हो।
 

टाटा गाडीको नेपालको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले १० वटा हस्तान्तरण गाडीको साँचो हिमशिखरलार्इ हस्तान्तरण गरेको हो।मुलुकभर व्यवसायी तथा सर्वसाधरण यात्रुबाट रुचाइएको यो बस पूर्वी भेगमा ठूलो संख्यामा संचालनमा छ।

विराटनगरबाट काँकडभिट्टा हुँदै धरानससम्म यो गाडी चल्नेछ। कम्पनीका चिफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले सिप्रदीको उदेश्य गाडी बिक्री गर्नु मात्रै नभर्इ बिक्रीपछिको सेवालार्इ प्राथमिकता राखेको बताए।उनले गाडीलार्इ कुनैपनि बेला अफ रोड हुन नदिन र छिटोभन्दा छिटो मर्मत गर्न आग्रह गरे।