एनबिआर्इले जिम्मेवार व्यवसाय सम्मेलन गर्ने, अन्तर्राष्ट्रिय कर्पोरेट आइकन उपस्थित हुने

बिजमाण्डू
२०७४ साउन ५ गते १६:५९ | Jul 20, 2017
एनबिआर्इले जिम्मेवार व्यवसाय सम्मेलन गर्ने, अन्तर्राष्ट्रिय कर्पोरेट आइकन उपस्थित हुने


काठमाडौं।राष्ट्रिय व्यवसायिक पहल(एनबिआर्इ)ले साउन १९ र २० गते दोस्रो जिम्मेवार व्यवसाय सम्मेलन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

एनबिआर्इले विहिबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो। एनबिआर्इका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवस्थापक र विज्ञहरु सहभागी हुनेछन्।

सम्मेलनमा भुटान उर्जा कर्पोरेशन लिमिटेडका व्यवस्थापकिय निर्देशक जिम छिरिङ,संयुक्त राष्ट्र संघ अन्तर्गत ग्लोबल कम्प्याक्ट एशिया प्रमुख मेंग लुर्इ, भारतीय कर्पोरेट मामिला संस्थानका संस्थागत साझेदारी एवं संचार प्रमुख अतुलदेव शर्मा सहभागी हुनेछन्।

त्यसैगरी सोल एनालाइटिक्सका संस्थापक एवं नोकिया कर्पोरेशनका मध्य पूर्व क्षेत्रका पूर्व बजार प्रवन्धक सुधिर नायर,सिंगापुर राष्ट्रिय विश्वविद्यालयका उपाध्यक्ष डा.सिराम रामाकृष्ण र विश्व विद्यालय संघका पूर्व अध्यक्ष प्राडा ड्जुलको सहभागिता रहनेछ।

यो वाहेक राष्ट्रिय वक्ताहरु समेत रहनेछन्।विभिन्न व्यवसायिक घराना समेत यो सम्मेलनमा भाग लिने एनबिआर्इले जानकारी दियो।एनबिआर्इका अध्यक्ष पद्म ज्योतीले असल व्यवसायिक अभ्यासमार्फत समाज रुपान्तरणका लागि सम्मेलन गर्न लागिएको बताए।एनबिआर्इका उपाध्यक्ष कुशकुमार जोशीले असल व्यवसायिक अभ्यास भएका कम्पनीले मात्रै सफलता प्राप्त गरेको बताए।