मुग्लिन- नारायणगढ सडकका कारण सौराहाका होटल संकटमा, वैकल्पिक उपायका लागि सरकारसँग हारगुहार

बिजमाण्डू
२०७४ साउन ३ गते १७:०० | Jul 18, 2017
मुग्लिन- नारायणगढ सडकका कारण सौराहाका होटल संकटमा, वैकल्पिक उपायका लागि सरकारसँग हारगुहार
काठमाडौं।मुग्लिन -नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा सौराहाका होटल व्यवसायमा गम्भिर संकट परेको भन्दै तत्कालै वैकल्पिक उपाय खोज्न होटल संघ नेपालले सरकारसँग माग गरेको छ।

Tata
GBIME
Nepal Life

पर्यटन सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा मंगलबार मन्त्रालयमा भएको बैठकमा संघले यो माग गरेको हो।बैठकमा सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले मुग्लिन नारायणघाट सडक अर्को वर्ष मात्रै पूर्ण रुपमा संचालनमा आउने बताउँदै यातायातको चाप घटाउन खाली फर्कने मालवाहक ट्रकहरुलाई अन्य वैकल्पिक बाटो मात्र प्रयोग गर्ने व्यवस्था लागू गर्न लागिएको बताए।

उनले वर्षायामपछि सडक निर्माणको काम युद्धस्तरमा गरिने जानकारी दिए।सौराहामा एक सय भन्दा बढी होटल छन्।यही सडक अवरुद्ध भएपछि अहिले सौराहा सुनसान छ।सौराहामा रहेका होटलको व्यापारमा मन्दी आएपछि क्षेत्रीय होटल संघ सौराहाले पनि दुर्इ महिना अघि आएर सरोकारवालासँग छलफल गरेको थियो।