काठमाडौं।भारतका चर्चित गायक कुमार सानु नेपाल आइपुगेका छन्।
उनी काठमाडौं आएपछि आइतबार चन्द्रागिरिको भ्रमण गरे।याक एण्ड यतिमा हुने कन्सर्टका लागि नेपाल आएका सानुलार्इ चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल र महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाका बारेमा जानकारी गराएका थिए।गायक सानुले राजधानी नजिकै स्वच्छ वातावरणसहित हिमालको मनोरम दृश्य हेर्नसकिने पर्यटकीय गन्तब्य बनाएकोमा धन्यवाद दिए।