कसरी बनाउने घरको बजेट? तपाईको जीवनशैली कता जाँदैछ, यसरी लगाउनुहोस् अनुमान

बिजमाण्डू
२०७४ असार २७ गते १३:५३ | Jul 11, 2017
कसरी बनाउने घरको बजेट? तपाईको जीवनशैली कता जाँदैछ, यसरी लगाउनुहोस् अनुमान
काठमाडौं। तपाईको मासिक आम्दानी कहाँ खर्च हुन्छ? तपाईले कहिले हिसाब गर्नु भएको छ, मासिक आम्दानीको कति जति घरमा खर्च भइरहेको छ? 
 
कहिलेकाँही थाहा नभइकनै पैसा खर्च भइसकेको हुन्छ। तर तपाईले हरेक खर्चलाई लेखेर राख्नु भयो भने बास्तविक खर्च र आम्दानीको तालमेल बारे स्पष्ट थाहा हुन्छ।
 
घरको बजेट बनाउनुको अर्थ
बजेट बनाउनुको महत्व घरका सबै खर्चको हिसाब गर्नुभन्दा महत्वपूर्ण हो। यसबाट तपाईको आम्दानीमध्ये कति घरमा खर्च भइरहेको छ र कति बचिरहेको छ भन्ने स्पष्ट थाहा हुन्छ।
 
घरको बजेट बनाउनुको अर्थ हो- तपाईको जीवनशैलीको अनुमान लगाउनु। 
 
समयमै विभिन्न बिलहरु भुक्तानी गर्नु, ऋण तथा सापटीहरु सही समयमा तिर्नु, थोरै बचाउनु यसैअन्तर्गत पर्छ।
 
घरको बजेट बनाउने सबैभन्दा सजिलो उपाय तपाईको खर्चहरुको लिस्टलाई फरक फरक टिपोट गर्ने। यसबाट तपाई कुन कुरामा कति खर्च गरिरहनु भएको छ भनेर मजाले हेर्न सक्नु हुन्छ। अचेल त मोबाइलमा एप नै उपलब्ध छन्- खर्चको विवरण टिपेर विश्लेषण गर्ने। समग्रमा खर्च हुने त भइहाल्यो, बच्यो भने अर्को महिनाका लागि त्यसलाई राख्न सकिन्छ वा छुट्टै बचत खाता खोली भबिस्यका लागि जम्मा गर्न सकिन्छ।
 
तपाईले ब्यवस्थित भएर हिसाब किताब राख्नु भयो भने कहाँ खर्च गर्नु पर्ने छ र कति बचत भइरहेको छ भन्ने विवरण हातमा आउँछ।
 
मूख्य प्रश्न: सुरुवात कहाँबाट गर्ने?
सुरुबाटमा आफ्नो सानादेखि ठूला सबै खालका आवश्यकता तथा इच्छाहरुको सुची बनाउनुहोस्, ताकी तपाईको खर्चलाई आवश्यकता र चाहना दुई भागमा बाँड्न सकिन्छ। आवश्यकता छ भने खर्च गर्न समस्या भएन। तर इच्छा मात्र हो भने त्यहाँ केही नियन्त्रण गर्न सकिन्छ।
 
बजेट बनाउन ठूलो केही गर्नै पर्दैन। धेरै एपहरु बनेका छन्, जसलाई तपाईले निशुल्क मोवाइलमा डाउनलोड गर्न सक्नु हुन्छ। तपाईले मासिक आयलाई खर्चको विभिन्न शिर्षकमा बाँड्नुस्, कुल खर्च आइहाल्छ। यसरी तपाईले खर्चलाई सुचीकृत गर्नु भयो भने बार्षिक बजेट नै बन्छ। दैनिक बजेट पनि तयार हुन्छ।
 
तपाईको आम्दानी भन्दा खर्च बढि आयो भने बुझ्नुस्, बजेट बनाउन कहीँ गल्ति गरिरहनु भएको छ। खर्चको सीमामा रोक लगाउनुस् तपाईको आयलाई धान्ने गरीको बजेट तयार हुन्छ।
 
बजेटै मात्र बनाएर के गर्नु?
यो महत्वपूर्ण प्रश्न हो? बजेट बनाएर मात्रै के गर्नु? बजेट कागज वा मोबाइलमा मात्र बनेर हुँदैन त्यो बास्तविक जिन्दगीमा पनि लागू हुनु पर्छ। अल्छि विद्यार्थीले पढ्ने दैनिक रुटिन बनाएर परीक्षामा केही नलेखेजस्तो भयो भने बजेट बनाएको अर्थ हुँदैन। 
 
अब तपाईलाई थाहाभइसक्छ- पैसा कहाँ खर्च भइरहेको छ। त्यसैले दुई/चार दिन दुई/चार दिनमा बजेट खर्चको विश्लेषण गर्नुस्।
 
खरीदारीमा सचेतना
पक्का पनि तपाईले खोजेका सामान एउटै छानामूनि सुपरमार्केटमा उपलब्ध हुन्छ। तर त्यहाँ मूल्य फिक्स्ड हुन्छ। तर बाहिर खुद्रा तथा थोक बजारतिर जानु भयो भने त्यही सामान सस्तोमा पाइन्छ। 
 
आकस्मिक खर्च
सवारी साधन मर्मत, स्वास्थ्य उपचार, आकस्मिक रुपमा साथीभाइसँग लन्च/डिनर, घरकै चिजबिज बिग्रिएको हुनसक्छ, यस्तो बेलाका लागि तपाईको बजेटमा कहीँ न कहीँ ठाउँ हुन जरुरी छ।
 
महँगी त  घट्नेवाला छैन। बढिरहेको हुन्छ। यस्तो बेलामा बजेटलाई ब्यवस्थित गर्नु पर्ने हुन्छ। बजेटलाई साप्ताहिक, मासिक र त्रैमासिक रुपमा रिभ्यू गर्नुस्। 
 
बचत त गर्नै पर्छ
हरेक महिना केही पैसा जोगाउने उद्देश्य राख्नै पर्छ। क्रेडिट कार्ड भरसक चलाउँदै नचलाउनुस्। केही किन्दा फिर्ता स्वरुप सिक्का आउँछ, त्यसका लागि छुट्टै थैली बनाउनुस्। थोरै थोरै भए पनि बचत भइरहेको हुन्छ। 
 
आवश्यकता र चाहनाबीचको अन्तर छुट्याउनुस्। कुनै बेला आवश्यक जस्तो लागेको कुरा केही समयमै आवश्यक नहुन सक्छ। त्यही भएर कुनै कुरा किन्नुअघि त्यसको महत्व कति छ भनेर सोच्नुस्।
 
र अन्त्यमा, बजेटलाई आर्थिक स्वतन्त्रता बाँधियो भन्ने अर्थमा त बुझ्दै नबुझ्नुस्।
(मनि कन्ट्रोलबाट)

Tata
GBIME
Nepal Life