साढे चार प्रतिशतमै कृषि तथा साना उद्यम ऋण पाइने, खाता खोल्दा बैंकलाई एक करोड ऋण

बिजमाण्डू
२०७४ असार २५ गते १७:३८ | Jul 9, 2017
साढे चार प्रतिशतमै कृषि तथा साना उद्यम ऋण पाइने, खाता खोल्दा बैंकलाई एक करोड ऋण
काठमाडौं। कृषि तथा साना ब्यवसाय गर्नलाई बैंकहरुले साढे चार प्रतिशतमै ऋण उपलब्ध गराउने  भएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति जारि गर्दै गरिबी बढि भएका २० जिल्लाका बासिन्दालाई साढे चार प्रतिशत ब्याजमै ऋण दिने ब्यवस्था गरेको हो।


 
यो सुविधा प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुसा, सिराहा र सप्तरीका दक्षिण सीमावर्ती क्षेत्रमा तथा प्रदेश नम्बर ६ का कालिकोट, हुम्ला, जुम्ला र मुगु तथा प्रदेश नम्बर ७ को बाजुरा, बझाङ, दार्चुला, डोटी, अछाम र बैतडी जिल्लाकाले पाउने छन्।
 
उनीहरुलाई कृषि तथा साना ब्यवसायमा आधारित आयमूलक कृयाकलाप गर्न ऋण पाउने छन्। 
 
राष्ट्र बैंकले विद्युतीय रिक्सा किन्नेलाई पनि ऋणको ब्यवस्था गरेको छ। यो ऋण विपन्न वर्ग कर्जा अन्तर्गत पाइन्छ। 
 
बैंकलाई निर्ब्याजी ऋण
राष्ट्र बैंकले २२ जिल्लाका सदरमूकाम वाहिर शाखा खोल्ने बैंकलाई ४० लाख रुपैयाँ ऋण बिना ब्याज उपलब्ध गराउने भएको हो।
 
मनाङ, हुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, जुम्ला, अछाम, बैतडी, रुकुम, सल्यान, भोजपुर, मुस्ताङ, रोल्पा, ताप्लेजुङ, खोटाङ, रसुवा र सोलुखुम्बुमा लघुवित्त संस्थालले सदरमुकाम वाहेकका ठाउमाँ शाखा खोल्नेले ४० लाख ऋण पाउने छन्।
 
खाता खोल्दा पनि ऋण
राष्ट्र बैंकले सरकारी योजना अगाडि बढाउन बैंकहरुलाई एक करोड छुट्टै ऋण दिने भएको छ। सबै नेपालीको बैंक खाता खोल्ने सरकारी अभियान अन्तर्गत बैंकको शाखा नपुगेका गाउँपालिकामा शाखा खोलि खाता नभएकाहरुको खाता खोलेमा यो ऋण पाइन्छ।
 
एक करोड बीना ब्याजको ऋण पाउनका लागि २५०० खाता  खोल्नु पर्छ। आगामी आर्थिक बर्षका लागि ल्याइएको यो स्किमको अवधि एक बर्षको छ।
 
यसैगरी सरकारी कारोबारका लागि प्रोत्साहन गर्न तोकिएको स्थानीय तहमा खोलिने शाखालाई पनि एक बर्षका लागि राष्ट्र बैंकले एक करोड निर्ब्याजी ऋणको ब्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life