बेइजिङ-सांघार्इ रुटमा चल्न थाल्यो द्रुत गतिको रेल,रेलको गति प्रतिघण्टा चार सय किलोमिटर

रासस
२०७४ असार १३ गते १२:४४ | Jun 27, 2017
बेइजिङ-सांघार्इ रुटमा चल्न थाल्यो द्रुत गतिको रेल,रेलको गति प्रतिघण्टा चार सय किलोमिटर


बेइजिङ। चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ् साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ । 
 

सोमबार बिहान ११:०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्को रेल बेइजिङ्का लागि छुटेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । 
 
चीनको यो द्रुत गतिको रेलले आज पहिलो पटक बेइजिङ्बाट यो सेवाको प्रारम्भ गरेको हो । चीनको नयाँ पुस्ताको यो रेल सेवाको नाम फक्सिङ दिइएको छ । चिनियाँ सञ्चारमाध्यमले सोमबार फक्सिङले सेवा सुरु गरेको समाचार दिएका छन् ।
 
यो रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति ३५० किलोमिटर रहेको छ । यो नै विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा हो ।
 
यो रेलमा स्वचालित गति नियन्त्रणको व्यवस्था मिलाइएको छ । स्वचालित रुपमा यसले गति निर्धारण गर्ने, दुर्घटना हुनसक्ने वा आकस्मिक अवस्था आयोभने यसले आफै नै गति सीमित गर्ने प्राविधिक व्यवस्था यसमा रहेको छ । 
 
 
चाइना रेलवे कर्पोरेसनका सञ्चालक लु दोङफूले भने– यस रेलसेवाको सुरुवातले चीनको आर्थिक र सामाजिक विकासमा ठूलो भूमिका निर्वाह गर्नसक्छ।
चीनमा रेलसेवा यहाँको यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्दो रेलसेवाका रुपमा लिइन्छ । चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल रहेको छ ।
 
सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा रहेको छ । यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो । 
 

Tata
GBIME
Nepal Life