बर्ष दिन काम गरेपछि फर्स्ट माइक्रोफाइनान्सको सिइओमा पन्थीको कार्यकाल तीन बर्ष थपियो

बिजमाण्डू
२०७४ असार १३ गते १२:२४ | Jun 27, 2017
बर्ष दिन काम गरेपछि फर्स्ट माइक्रोफाइनान्सको सिइओमा पन्थीको कार्यकाल तीन बर्ष थपियो


काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यकाल तीन बर्षका लागि थप भएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिले कार्यकाल थप गरेको हो।
 
राष्ट्रिय वाणिज्य बैंकबाट ३० बर्षे कार्यकाल पुरा भएर अवकाश पाएका पन्थी गत बर्ष प्रमुख कार्यकारीमा नियुक्त भएका थिए। पन्थी सुरुदेखि नै राष्ट्रिय वाणिज्य बैंकमा थिए। उनी त्यहाँ कामु प्रमुख कार्यकारी अधिकृतसम्म भएका थिए।
 
पन्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। 

Tata
GBIME
Nepal Life