३० हजार रुपैयाँको गाडी चढ्थे राजा महेन्द्र, यस्तो छ महेन्द्रले बीमा गराएको गाडीको बीमा लेख

बिजमाण्डू
२०७४ असार १३ गते १०:०४ | Jun 27, 2017
काठमाडौं। अहिले बीमा बजार एक खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। २०२४ साल फागुनबाट सुरु भएको बीमा बजारको गति भने तुलनात्मक रुपमा कमजोर नै छ।
 
बीमा बजार यहाँसम्म आइपुग्दा पहिलो बीमा पोलिसी कसले खरीद गरेको थियो भन्ने कमैलाई थाहा होला। 
 
पहिलो बीमा कम्पनीका रुपमा खुलेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानमा पहिलो बीमा गाडीको भएको थियो। त्यो पनि चानचुने ब्यक्तिको होइन।
 
पञ्चायति ब्यवस्था सुरु गरेर सर्वशक्तिमान बनेका राजा महेन्द्रले संस्थानको उद्घाटन गर्दै आफ्नो गाडीको बीमा गराएका थिए। उनको गाडीको मूल्य ३० हजार रुपैयाँ थियो। 
 
संस्थान उद्घाटनकै दिन फागुन ११ गते राजा महेन्द्रले एक बर्षको बीमा गराएका थिए। उनले राजाकै हैसियतमा गाडीको बीमा गराएका थिए। 

Tata
GBIME
Nepal Life