हिरोको प्यासन प्रो बाइकले दियो १०१ किलोमिटर माइलेज, दोस्रोमा सुपर स्पेलेन्डर

बिजमाण्डू
२०७४ असार १३ गते ०५:५६ | Jun 27, 2017
वीरगञ्ज। मोटरसाइकल कम्पनी हिरोको सबैभन्दा कम तेल खाने बाइक वीरगञ्जमा पत्ता लागेको छ।

Tata
GBIME
Nepal Life

हिरोले सोमबार वीरगंजमा गरेको माइलेज चेकजाँच र निःशुल्क सर्भिसिङ क्याम्पमा वीरगंजकै दिनेशकुमार यादवको ना २७ प ३९७४ नम्बरको को प्यासन प्रो बाइक माइलेज चेकजाँचमा सबैभन्दा कम तेल खाने बाइक घोषित भएको थियो।

 
यादवको बाइकले एक लिटरमा एक सय १ किलोमिटरको दुरी तय गरेको थियो। त्यसपछि अन्य बाइकहरुमा सुपर स्पेलेन्डर बाइक दोस्रो  सबैभन्दा कम तेल खाने बाइक भएको छ।
 
यो बाइकले प्रति लिटरमा करिब ८० किलोमिटर दूरी तय गरेको  हिरोको नेपालस्थित आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङका क्षेत्रीय अधिकृत सन्जीव कुमार तिवारीले बताए।