​ आपूर्ति व्यवस्थापन विभागले थाल्यो चितवनमा अनुगमन, एकै दिन पाँच व्यवसायिक फर्म बन्द

बिजमाण्डू
२०७४ असार १२ गते २१:०१ | Jun 26, 2017
चितवन। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागको टोलीले चितवनको पाँच व्यवसायिक प्रतिष्ठान बन्द गराएको छ ।

Tata
GBIME
Nepal Life

विभागका शाखा अधिकृत ढुन्डिराज पोखरेलको नेतृत्वमा आएको टोलीले चितवनको बजार अनुगमन गरिे  रामनगरको न्यू शिव शक्ति होटल,सुष्मा होटल , नारायणगढको शर्मा आईसक्रिम, आनन्दमार्गको ओम सत्य साई गल्ला पसल र श्री टेडर्सको कारोबार रोक्का गरेको पोखरेलले बताए।ती व्यवसायिक फर्मले नियम बिपरीत व्यवसाय सञ्चालन गरेको र अखाद्य बस्तु तथा म्याद नाघेका बस्तुहरु बिक्री गरेको पाइएको उनले बताए।
 

पसल सञ्चालनका लागि आवश्यक प्रक्रिया पुरा गरि एकहप्ता भित्र प्रशासन कार्यालयमा हाजिर हुने र पुन अनुगमन गर्दा संचालनका लागी योग्य पाईए सञ्चालन गर्न पाउने ब्यहोरासहितको पत्र दिएको पोखरेलले बताए।

अनुगमनका क्रममा होटलहरुले अस्वस्थकर खाना खुवाएको पाईएको , शर्मा आईसक्रिमले आवश्कयता भन्दा बढी रगंको प्रयोग गरेको , श्री टेडर्सले १२ वर्ष देखि ब्यवसाय दर्ता बिनानै सञ्चालन गरेको र ओम सत्य साई गल्ला पसलले म्याद नभएकोे खानेतेल लगायत अन्य बस्तु बिक्री गरेको पाइृएकाले कारोबार रोक्का गरि सटर लगाएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताए।
 

ओम सत्य साई गल्ला पसलबाट टोलीले बिभिन्न ब्राण्डका १५५ लिटर खाने तेल, २० किलो सख्खर,१५ किलो मिस्री बरामद गरी नष्ट गरेको छ । त्यस्तै सुरेस एण्ड ब्रर्दश सप्लायर्सबाट क्रिम बिस्कुट ९० वटा,हर्ल्किस बिस्कुट १९ वटा,गुल्कोज १७ बट्टा नष्ट गरिएको उनले बताए।