भारतबाट बैंकिङ च्यानलबाट रेमिटेन्स ल्याउन सबैको सहयोग आवश्यक, अनौपचारिक रुपमा पैसा आउँदै

बिजमाण्डू
२०७४ असार १२ गते १९:१४ | Jun 26, 2017
काठमाडौं। ग्लोबल आइएमर्इ बैंकका अध्यक्ष चन्द्र ढकालले भारतबाट आउने रेमिटेन्सलार्इ बैंकिङ च्यानलबाट ल्याउनेतर्फ सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

भारतस्थित नेपाली दूतावासले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल भारत रेमिटेन्सको अवसर विषयक छलफल कार्यक्रमलार्इ संबोधन गर्दै उनले यो धारणा राखेका हुन्।उनले रेमिटेन्स कम्पनीको सक्रियतापछि डेढ दशक अगाडीको तुलनामा अहिले धेरै सुधार आएको बताए।ढकालले जनचेतनाको अभावमा भारतबाट अझैपनि अनौपचारिक रुपमा रेमिटेन्स आइरहेको बताए।

उनले भारतका विभिन्न बैंक तथा रेमिटेन्स कम्पनीसँग मिलेर ग्लोबल बैंकले रेमिटेन्स नेपाल पठारहेको बताउँदै नेपालमा पैसा पठाउन औपचारिक माध्यम प्रयोग गर्न आग्रह गरे।