भूकम्प पीडितको ट्याक्सीमा सुरु भयो ‘बिगफाइट’, हुण्डार्इ इयोन किन्नेलार्इ शतप्रतिशत रकम फिर्ता

बिजमाण्डू
२०७४ असार १२ गते १८:५९ | Jun 26, 2017
भूकम्प पीडितको ट्याक्सीमा सुरु भयो ‘बिगफाइट’, हुण्डार्इ इयोन किन्नेलार्इ शतप्रतिशत रकम फिर्ता
काठमाडौं।लक्ष्मी इन्टरकन्टिनेन्टलले भूकम्प पीडितको ट्याक्सीलार्इ लक्षित गर्दै हुन्डार्इको इयोन गाडीको खरीदमा एक जनालार्इ शतप्रतिशत रकम फिर्ता दिने योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

यातायात व्यवस्था विभागले केही दिनअघि लक्की ड्रमार्फत १५ सय भूकम्प पीडितलार्इ दिने भनिएको ट्याक्सीको छनौंट गरेको थियो।कम्पनीले यो वाहेक आकर्षक छुट, एक वर्ष निशुल्क सर्भिसिङ, एक वर्ष वारेन्टी,वित्तिय तथा बीमा सुविधा र सम्पूर्ण कानुनी प्रकिया पूरा गरिदिने जनाएको छ।
 

वलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री वनावट, पावर स्टेरिङ्ग, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमताका कारण इयोन लोकप्रिय छ।