कारका लागि एयरब्याग बनाउने जापानको कम्पनी टकाटा ‘टाट’ उल्टिएको घोषणा, सेयर कारोबार बन्द

बिजमाण्डू
२०७४ असार १२ गते १३:१४ | Jun 26, 2017
कारका लागि एयरब्याग बनाउने जापानको कम्पनी टकाटा ‘टाट’ उल्टिएको घोषणा, सेयर कारोबार बन्द
कारका लागि सुरक्षित एयरब्याग बनाउने जापानी कम्पनी टकाटाले आफू टाट उल्टिएको घोषणा जापा र अमेरिकामा गरेको छ। सन्सारकै सबैभन्दा ठूलो एयरब्याक उत्पादन गर्ने कम्पनीले आर्थिक अवस्था कमजोर भएपछि टाट उल्टिएको घोषणा गरेको हो।
 
टकाटा कानुनी र आर्थिक कारणले टाट उल्टिएको हो। 
 
अमेरिकी अटो पार्टस् सप्लायर 'कि सेफ्टी सिस्टम' ले टकाटाको सन्सारभरीको सम्पति तथा सञ्चालनका लागि एक अर्ब ५९ करोड डलर सहायतमा सम्झौता गर्न कुराकानी भने भइरहेको छ।
 
रोटर्टसका अनुसार, पछिल्ला केही बर्षहरुमा टकाटाको एयर ब्यागको गुणस्तरमा निरन्तर प्रश्न उठिरहेको थियो। खराव उत्पादनका कारण १८० जना घाइते तथा १७ जनाको मृत्यु नै भएको थियो। यही कारण केही कम्पनीहरुले उसलाई सामान फिर्ता लैजान भनिरहेका थिए। यसो हुँदा उसले बजार बाट १० अर्ब डलरको सामान फिर्ता लैजानु पर्ने थियो।
 
टकाटामाथि अमेरिका र क्यानडाका अदालतहरुमा मुद्दा पनि चलिरहेको छ। 
 
सन् २००७ मा पहिलो पल्ट बजार पुगेको एयरब्याग फिर्ता गर्नु परेको थियो। त्यसयता अमेरिकाबाट मात्र ७ करोड वटा एयर ब्याग फिर्ता भएका छन्। १० करोडभन्दा वढि कारहरुमा  टकाटाका एयर ब्यागहरु गुणस्तरहिन भेटिएको छ। यसका लागि उसले अमेरिकालाई मात्रै पटक पटक क्षतिपुर्ति तिर्दै आएको थियो।
टोकियो स्टक एक्सचेञ्जमा टकाटाका सेयर कारोबार बन्द गरिएको छ। 

Tata
GBIME
Nepal Life