टुरिज्जम बैंकले ल्यायो इएमभी चिपमा आधारित कार्ड, नेपाल र भारतका एक लाख एटीएममा चल्ने

बिजमाण्डू
२०७४ असार ११ गते १६:४७ | Jun 25, 2017
टुरिज्जम बैंकले ल्यायो इएमभी चिपमा आधारित कार्ड, नेपाल र भारतका एक लाख एटीएममा चल्ने


काठमाडौं।टुरिज्जम डेभलपमेन्ट बैंकले इएमभी चिपमा आधारित भिसा डेविट कार्ड र अन्तर्राष्ट्रिय ट्राभल कार्ड संचालनमा  ल्याएको छ।

Tata
GBIME
Nepal Life

विश्वव्यापी रुपमा प्रयोग भएको यो कार्ड सुरक्षित रहेको बैंकले दाबी गरेको छ।यो कार्ड नेपाल र भारतका एक लाख भन्दा बढी एटीएममा चल्ने बैंकले जनायो।भिसा अन्तर्राष्ट्रिय ट्राभल कार्ड विश्वको जुनसुकै ठाउँमा त्यहीको स्थानीय मुद्रामा पैसा निकाल्न  र भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।बैंकले भिसा डेविट तथा अन्तर्राष्ट्रिय ट्राभल कार्ड अरु बैंक भन्दा सस्तो शुल्कमा जारी गरिएको दाबी छ।

बैंकले स्मार्ट मोबाइल बैंकिङ सेवा समेत सुरु गरेको छ।नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा सुरक्षित हुने बैंकले जनाएको छ।बैंकका अनुसार जिपिआरएस वा वार्इफार्इबाट ग्राहकले विश्वकै कुनैपनि ठाउँबाट आफ्नो खाताबाट कारोबार गर्न सकिन्छ।बैंकका अनुसार अन्तर बैंक भुक्तानी र वस्तु तथा सेवा खरीद वापत भुक्तानी गर्न सकिन्छ।बैंकले आस्वा सेवालार्इ प्रभावकारी बनाउँदै अनलार्इनबाट शेयर आवेदन दिन सकिने व्यवस्था गर्न लागेको जनायो।