सिप्रदी र भारतीय दूतावासको आयोजनामा योग कार्यक्रम, योग सम्वृद्धिका लागि महत्वपूर्ण

बिजमाण्डू
२०७४ असार ११ गते १६:१६ | Jun 25, 2017
सिप्रदी र भारतीय दूतावासको आयोजनामा योग कार्यक्रम, योग सम्वृद्धिका लागि महत्वपूर्ण


काठमाडौं।टाटा मोटर्सको नेपालको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाजिम्पाटस्थित भारतीय दूतावासमा भएको योग कार्यक्रममा सहभागी भएको छ।

Tata
GBIME
Nepal Life

दूतावास र सिप्रदीको संयुक्त आयोजनामा भएको कार्यक्रममा भारतीय राजदूत मनजीत सिंह पुरी समेत सहभागी थिए।कार्यक्रममा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार,कमर्सियल भेहिकल विभाग प्रमुख रुद्ररुप मैत्रले दूतावाससँग योग कार्यक्रम गर्न पाउँदा गौरवको अनुभूति भएको बताए।

मैत्रले योग अभ्यासले शरीर र मनको समीकरणमा ठूलो योगदान पुग्ने बताउँदै मानसिक बोझको निराकरण गर्ने प्रभावकारी माध्यम भएको बताए।राजदूत पुरीले योग सुस्वाथ्य सम्वृद्धिका लागि महत्वपूर्ण भएको बताए।उनले योग व्यायाम मात्रै नभएर व्यक्तिगत पहिचान समेत भएको बताए।सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले टाटा मोटर्स र सिप्रदीले पहिलो पटक भारतीय दूतावासको आयोजनामा भएको योग दिवसमा भाग लिएको बताए।